अत्तरिया – गोदावरी नगरपालिकामा भारतबाट आएका र क्वारेन्टाईनमा बसेका २ सय ३४ जनाको ¥यापिड टेष्ट गरिएको छ । नगरपालिका भित्र क्वारेन्टाईनमा बसेका १९ र प्रत्येक वडा–वडामा गएर गरिएको -यापिड टेष्टमा २ सय १५ जनाको परिक्षण गरिएको गोदावरी नगरपालिकाले जनाएको छ ।
जसमा वडा नम्बर १ मा ३७, वडा नम्बर २ मा १६, वडा नम्बर ४ मा ३३, वडा नम्बर ५ मा ७, वडा नम्बर ६ मा २८ जनाको कोरोना भाईरस परिक्षणका लागि -यापिड टेष्ट गरिएको छ । त्यस्तै वडा नम्बर ७ मा २४, वडा नम्बर ८ मा १४, वडा नम्बर ९ मा ५६ जनाको परिक्षण गरिएको गोदावरी नगरपालिकाका सुचना प्रबिधि अधिकृत नारायण बढुले बताए । अहिले सम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ ।
गोदावरी नगरपालिकामा पछिल्लो समय वडा– वडामा गएर भारतबाट आएकाहरुको कोरोना परिक्षण थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिर बहादुर कुँवरले बताए । उनले बाकी वडाहरुमा पनि कोरोना परिक्षणका लागि -यापिड टेष्टको काम जारी रहेको बताए । उनले प्रत्येक वडाका निश्चित ठाउँमा टोली परिचालन गरेर भारतबाट आएकाहरुको ¥यापिड टेष्ट भईरहेको बताए ।
भारतबाट आएकाहरु टेष्ट गराउन नमान्दा समस्या
गोदावरी नगरपालिकामा धेरै संख्यामा भारत लगायत अन्य देशबाट आएकाहरु रहेको भएपनि ¥यापिड टेष्ट भने थोरैको मात्रै भएको छ । नगरपालिकाले संकलन गरेका तथ्याङ्क अनुसार भारत लगायत तेस्रो मुलुकबाट आएकाहरुको संख्या ७ सय ८ जना रहेको भएपनि सबैको -यापिड टेष्ट हुन नसकेको हो ।
हिजो मात्रै -यापिड टेष्ट गरिएको गोदावरी नगरपालिकाको वडा नम्बर १ मा नेपाल बाहिरबाट आएकाको संख्या ८१ जना रहेपनि ३७ जनाको मात्रै परिक्षण गरिएको थियो । त्यस्तै वडा नम्बर २ मा भारत लगायत अन्य मुलुकका ६८ जना आएको भएपनि -यापिड टेष्टमा १६ जना मात्रै सहभागि भएका थिए । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कुवरले भारत लगायत तेस्रो मुलुकबाट आएका सबैलाई -यापिड टेष्टको लागि बोलाएको भएपनि नआउने गरेका कारण समस्या भएको बताए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले वडा वडामा -यापिड टेष्टका लागि टोली परिचालन गरेको भएपनि भारतबाट आएकाहरु सम्पर्कमा आउन नमानेका कारण समस्या भएको बताए । उनले भने – ‘-यापिड टेष्ट गराउन मानिसहरु लुक्ने प्रबृति छ । हामीले बढी भन्दा बढी -यापिड टेष्ट गर्ने भनेर टोली परिचालन गरेका छौ ।’ उनले छुटेका सबैको -यापिड टेस्ट गरिने बताए ।