रमेश के सी/ बझाङ – देश अहिले लकडाउनमा छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि सरकारले लकडाउन गरेको छ । जसले गर्दा अहिले देशैभरीका यात्रुबाहक सवारी साधन ठप्प छन । अहिले अति आवश्यक काम परेका र सहरमा जिउन गाह्रो भएका कारण घण्टौ हिडेर मानिसहरु आ–आफ्नो गन्तव्यमा लागिरहेका छन ।
अहिले भईरहेको लकडाउनले मानीसहरुलाई बर्ष पहिलेको हाम्रो जिवनलाई सम्झाउन बाद्य बनाएको छ । जुन समयमा सवारी साधन नै थिएनन् । अहिले यात्रुवाहक सवारी साधन नचले पनि खाद्यान्न भने ढुवानी भईरहेको छ । तर कुनै समय थियो जुन बेला मानिसहरु २/३ दिन हिडेर पिठ्युमा खाद्यान्न बोकेर खाने गर्थे । अहिले बिभिन्न सहरहरुबाट मानिसहरु एक सातासम्म हिडेरै गाउँमा आउने गरेका सुन्ने गरिन्छ । यसरी हिडेर आउनेहरुले दिनभरी हिड्ने गरेका भएपनि राति हुँदा निकै समस्या भोग्ने गरेका छन । तर जुन समय सवारी साधनको व्यवस्था थिएन, मानिसहरु २/३ दिन हिडेर खाद्यान्न ढुवानी गर्ने गर्थे त्यो समयमा भने बाटो बाटोमा बस्नका लागि धर्मसाला बनाउने गर्थे । जुन कुरालाई यो बझाङको जिर्ण धर्मशालाले पुष्टि गर्छ । तिन दशक अगाडी जब बझाङमा सवारी साधन पुगेका थिएनन् । त्यति बेला बझाङबासी सामान ल्याउन भारतको टनकपुर पुग्थे । जसले गर्दा सामान ल्याउथे धर्मसाला सँङ्ग जिल्लाका अधिकाँसे बुढापाका मानिसहरुको साईनो पुरानै छ । किनकी हाम्रो यहाँ जती बेला यातायातको सुविधा थिएन उतिबेला बाटोघाटोमा र्निमाण गरिएका धर्मशालामा बस्ने गर्थे । जुन धर्मशाला हाम्रो जिवन र सभ्यता संग जोडिएको छ ।
यो फोटो थलारा गाउँपालिका – ९ थकाली घर भएका प्रताब विष्टले २०३८ सालमा बनाएका मालुमेलामा रहेको धर्मशाला हो । अहिले यो जिर्ण अवस्थामा रहेको भए पनि त्यतिखेर यस धर्मसालामा बाजुरा ,जुम्ला ,हुम्ला र बझाङका धेरै मानिसहरु टनपुर जाँदाखेरी यसै धर्मशालामा बस्ने गर्दथे । उति खेर बटुवाहरुका लागि होटल थिएनन् । त्यसैले भरियाहरु यस्ता धर्मशालामा बास बस्थे दःुख सुखका गफ गर्थे र थकान मेटाउथे ।
बझाङ जिल्लाका धेरै जसो मानिसहरु मालसामान ल्याउन टनकपुर जान्थे । बाटोमा धेरै ठाउँमा धर्मसाला नहुँदा कतिपय मानिसहरु रुख , ओढार र पुराना छानाहरुमा बाँस बस्थे । अहिले यो अवस्था सम्झना गाँउघरका पुराना मान्छेलाइ अचम्म लाग्छ । पहिले बाहिर जिल्ला बाट आउने मानिसहरुले बास बस्ने घरको रुपमा लिन्थे ।
थलारा अल्फा घर भएका ६५ बर्षका विरजित भन्डारी गाँउ नजिकै रहेको पुरानो धर्मशाला हेरर विगतको सम्झना वताउन्छन् । आफु १३ बर्षको उमेर भारी बोक्दै टनकपुर झुलाघाँट जादा उतिखेरको यात्रा र बाटोमा बास बस्दाका धर्मशालाहरु सम्झन्छन् । सबै भन्दा तेल्याको लेक काट्दा खेरी अप्ठ्यारो हुन्थ्यो उनले स्मरण गर्दै भने पिठ्यिुमा ६० किलो सम्मको भारी बोकेर आउदा पसिना छुट्थे । ठाउँ–ठाउँमा अहिलेका जस्ता झोलुङ्गे पुल त के साघुँ समेत थिएनन् । बाटोमा बाघ ,भालुको डर उतिकै हुन्थ्यो । साथै डोट्यालहरुले बाटोमा दुख समेत दिएको उनको सम्झना ताजै छ ।
कालङ्गा घाटमा वारिपारी गर्दा डिउड्या (लडामा नदि तर्न हालीएको एक सामाग्रि) मार्फत तर्नु पथ्र्यो । त्यहाबाट खस्यो भने मान्छे फर्केर आउने कुनै ठाउँ थिएन । त्यो अवस्था सम्झदा अहिले पनि आङ जिरिड्ग हुन्छ । नदीमा तर्न हालेको डिउड्या तिरेको १ रुपैयाँ तिर्नु पथ्र्यो । त्यति खेरका दुःख सम्झदा अहिले त धेरै सुविधा भइसक्यो । भन्डारि भन्छन ‘गाँउ गाँउमा गाडी पुगेका छन् । उतिखेर टनकपुरबाट घर कहिले फर्केलान भनेर घरका मानिसहरु बाटो हेरेर बस्थे । घर पुगेको दिन साँझ घरमा मिठो मसिनो पाक्थ्यो । टनकपुरबाट आएको घरमा भारि खोल्थे र गुढ फुटाई खान्थे र घरका सबै मानिसहरु रातभर बसेर बाटोका दुख सुखका कुराकानी हुन्थे ।
खाद्यान्न समेत ठाउँ–ठाउँमा छोडेर जान्थौ फर्कदा त्यहि पकाएर खान्थौं
टनकपुरबाट मालसामान धेरै चोटि ल्याउने व्यतिmहरु हाम्रै गाउँ घरमा अहिले पनि छन । ति मध्येका मालुेमेला ९ सिरेटा घर भएका धन बहादुर खत्री पनि एक हुन । २००३ सालमा जन्मेका खत्री हाल ७३ बर्ष पुगेको छ । उनि अझै आँखा राम्रो संग देख्छन र काँन पनि सुन्छन तर बुढेसकाल लागेपनि अझै उनी भत्ता बुझ्न घरबाट हिडेर वडा कार्यालय मालुमेला सम्म पुग्छन । उनि भन्छन त्यति बेलाको समयमा विध्यालय पढ्ने गाउँमा कोहि थिएन्न । गाँउमा पढेलेखेका मुस्किलले १÷२ जना भेटिन्थे । पढाउनु पर्छ भन्ने त्यस्तो मान्छे नै थिएन र सोच विचार पनि थिएन । बिरामी हुँदा औषधी उपचार हुदैन थियो । गाँउघरकै झारफुक जडिबुटीकै भर हो । विरामी हुदाँ उतिखेर कति बालबालीकाहरु अकालमै मर्थे ।
मालसामान ल्याउन भने धेरै पटक टनकपुर गएको वताउने खत्री कति पटक त खाली खुट्टा हिडेको वताउन्छन् । घरमा लगाउनलाई अहिलेको जस्तो जुता चप्पल थिएन । छालाबाट बनेका पाना समेत लगाएर धेरै चोटि टनकपुर र झुलाघाँटको बाटो ओहोर दोहोर गरे,उनले भने ।
‘घर बाट बिक्रि गर्नका लागि १ कन्टर घिउँ लग्थ्यौं, घिउँको पैसाले चामल ल्याउन्थ्यौं । ६० केजीको भारी टनकपुरबाट बोकेर ल्याउदा तालुका रौहरु निस्कन्थे । टनकपुरबाट आउँदा – जाँदा करिब २० दिन भन्दा बढी लाग्थो बाटोमा खानको लागि चामल, धुलो र असुरो बोकेर जान्थ्यौ ।’ उनले भने ।
खाद्यान्न समेत ठाउँ–ठाउँमा छोडेर जान्थौ फर्कदा त्यहि पकाएर खाएको उनी सम्झन्छन । त्यतिखेर अहिलेको जस्तो सलाई थिएन । ठिन्काबाट आगो पारेर खाना पकाउनु पथ्र्यो । बर्षा लाग्दा धेरै दुख पाइन्थ्यो । दिउसोको बेला अहिलेको जस्तो (अन्नि) नास्ता खाने चलन थिएन । कहिले काहि मिस्रि र गुढको चिया बनाएर खान्थ्यौ र चिया संगै सातु पनि । त्यति बेला सबै भन्दा पहिला टनकपुर बजार चल्यो उनले भने त्यस पछि झुलाघाँट ,गोपघाँट, डडेलधुराको बजार सम्म गाडी पुगेपछि अली सहज भो । त्यतिखेर भने टनकपुरमा समेत टिनका साना झुपडी र खोकाहरु मात्रै थिए । ठुला पक्कि घर थिएन्न । त्यहाँ बाट नुन ,गुढ ,खिसमिस सामानहरु ल्याउथ्यौ उनले भने घरमा बुढापाका छन भने कात्रो समेत थान किनेर ल्याउथ्यौ । किनकि मरेपछि घरमा चाहिन्छ भनेर कात्रो पाइदैन थियो ।
टाउकोमै भारी बोकेर ल्याउन्थौं । आफ्नो कपालमा हात लगाउदै उनले भने कतिदुख पाइयो कति जिवनमा । थलारामा कपास धेरै हुन्थ्यो । अहिले त्यो सबै हरायो ,अहिलेका मान्छेहरु विस्तारै धान ,गहँु लगाउन समेत छोडि सके । आजभोलि तराईका चामल घरमै पुग्छन । उनि भन्छन, आफुले चर्काले धागो कातेर चानमा कपडा बुनेर लगाउन्थौं । तिब्बतबाट समेत उन ल्याएर त्यसको काउले कोट बनाएको उनी सम्भन्छन ।
१ धानुको १ रुपैयाको पथ्र्यो । त्यति बेलाको समाज एक किसिमले राम्रो थियो । दाजुभाईलाई दुःख पर्दा कुलो ,बाटो घाँटो तथा सामाजिक काम गर्दा मानिसहरु एकै छिनमा जम्मा हुन्थे । अहिले त्यो सबै हराई सक्यो । अहिले त उमेर गयो उनी भन्छन ,त्यतिखेर १ मानु घिउँ खान्थे विहान दुध र १ ठेको छाई (महि) र २ माना चामलको भात एकलैले खाएको उनी वताउन्छन् ।
अहिलेका मान्छे त नत खाना खान सक्छन नत काम नै गर्न सक्छन । तर रक्सी भने जति पाए पनि खान्छन । रक्सीले गाँउघरका मानिसहरुको ज्यान विग्री सकेको छ र समाजमा सद्भाव माया स्नेह पनि छैन । मेरो कुरा के गर्नु हजुर ९ भैसि पालेको थिए ,एक चोटि ३५ बर्षको हुँदा मनसुरी पहाड गएको थिए । १ कुइन्टल बढीको भारी एक्लैले बोक्दा त्यतिखेर १६ रुपैयाँ पाएको थिए । ५ महिना मन्सुरी पहाड बसे अहिले तागत (शक्ति) सकियो । ति कुरा गर्दा बात हाले जस्तै हुन्छ । पहिले अहिलेको जस्तो गित संगित सुन्ने व्यवस्था थिएन । त्यतिखेर डेउडा खेलिन्थो । मैले पनि खुब खेले । उनले पहिले गाउँने देउडा सुनाए ।
केटा : रात खेल्या सौतारी खेल्या ,दिन खेल्या बानि नाई,
आफु कली नाम चल्याकि मुखमी पानि नाई
केटी : दिन खेल्या रात पन खेल्या यै मेरा बानिले
खेल खेलुली घर जाउली क्या अर्दो पानिले
डेउडा खेल्नको लागि रातारात धेरै ठाउँ समेत जान्थ्यौ । अहिले त लठ्ठि टेकेर बृद्ध भत्ता बुझ्न समेत मुस्किलले पुग्नु पर्छ । त्यतिखेर बुढो हुला जस्तो लाग्दैनथ्यो ।
त्यतिबेलाको चैनपुर
त्यतिबेला चैनपुर जान समेत समस्या थियो । घाँट तर्नु पथ्र्यो चैनपुरमा ५ वटा साना घर र साहुँको पसल मात्र थिए । त्यतिबेला ब्याँसिकोटमा राजकाज समेत चल्थ्यो । थलारामा भने डोटीका राजा रागनारायण लाईहामी चामल माना बुझाउथ्यौ । झै झगडा पर्दा मुद्धा मिलाउनु हुन्थ्यो राजाले । उहाँ संग काम गरेका मानिसहर अझै थलारामा छदै छन । राजा ओमजंगलाई मार्दा खेरी मालुमेलाको घाँटको लडा सेनाले काट्यो । त्यतिखेर वारिपारि बन्द भयो । हिडुल गर्न समेत पाएनौ त्यस समयका कुरा के गर्नु हजुर कुरा गर्दा कुरा कै दुख । अहिलेका मान्छेलाइ पुरानो हाटजाने ठाँउ टनपुर भन्नु नै गाँउघर भएको छ । सवै अहिले घरनजिकै पाइन्छ । दुःखका दिन गए । सुखका दिन आए समय परिर्वतन भयो तर पुरनो चलन जस्तो मुल्य मान्यता धर्म संकृति रहेन अव ।
६ किलो नुनु लिनका लागि सिडिओको चिट लिनु पथ्र्यो
जयपृथ्वी नगरपालीका ११ घर भएका ६६ बर्षिया ढोकल खड्काले भने , आफ्नो बाल्यकाल एकदमै दुःखमा वितेको बताउदै , त्यतिखेरको सम्झना गर्दै गाउँघरमा औषधिको रुपमा सिटामल समेत हुँदैनथ्यो । खानका लागि कहिलै सिस्नु ,गिठा,जौ समेत खाएर दिन बितायौ । २०३८ साल तिरको कुरा हो । ६ किलो नुनु लिनका लागि सिडिओको चिट लिनु पथ्र्यौ त्यहि पनि कतिपय मानिसहरु लाइन बस्थे । प्राय ः मानिसहरु भारत जान्थे त्यतिखेर चिठ्ठि पत्र आउन समेत १ महिना भन्दा बढि लाग्थ्यो । विदेशबाट भलासुकालिको चिठ्ठि आएको दिन खुसि त लाग्थ्यो तर गाउँमा चिठ्ठि पढ्ने मान्छे हुदैन थिए ।
उतिबेला चिठ्ठि पढ्ने मान्छे खोजेर हिड्नु पथ्र्याै । अहिले १ मिनेटमै देश विदेशको घटना थाहा हुन्छ खड्का भन्छन , त्यतिवेला सदरमुकाम आउन पनि पानकोटमा पुल थिएन । लडा तरेर आउनु पथ्र्यो अहिले त गाउँघरमै गाडी, जिप जाने भएको छ । चैनपुर आउँदा प्रहरी संग हामी बोल्न डराउन्थ्यौं । तै पनि खाद्यान्नका लागि हिडेर टनकपुर झुलाघाँट सम्म पुगेको अझै याद आइरहन्छ । १ महिना सम्म घरका मानिसहरु बाटो हेरेर बस्थे, पहिलेका मान्छे बाटोघाँटो पधेरो , कुलो र कसैको घर बनाउनु पर्याे भने उतिखेरै जम्मा हुन्थे अहिले भने रुपैयाँ आया मात्रै काम गर्छन ।
‘सरकारलाइ के दोश दिनु बरु उद्योग धन्दा कम्पनी र काम दिनु प¥यो । नेतालाइ दोश दिनु मात्र बेकार हो । नेता क्या घरघर आइकन हलो बाइ दिन्या हुनक्या जनताले पन काम अर्नुपण्यो ।’ उनले भने । अहिले घरघरमा बसेर रेडियो सुन्दा खुसि लाग्छ त्यतिखेर आफु उज्यालो गर्न गोठमा झर्रोको राको लिएर जाने गथ्र्याै । त्यसपछि लाल्टिन , टुक्कि बाल्यौ सोलार त पछि आयो विजुली त सपना थियो त्यतिवेला नाम पनि कहिकतै मात्र सुन्थ्यौ । खड्काले भने – ‘केहि दिन देखि कोरोनाको समाचार सुन्दै छु । अहिले सम्म कहि नसुनेको रोगको नाम सुन्दा मनमा चिन्ता बढेको छ ।’