अत्तरिया - कैलालीको अत्तरिया बजारलाई स्वच्छ , सफा र सुन्दर बनाउनका लागि बजारमा क्षेत्रमा बाढिएका फोहोर फाल्ने डस्टबिनहरु आधा भन्दा बढि गायब भएका छन् । अत्याधिक फोहोर मैला कारण बजार नै दुर्गन्धित बन्न थालेपछि गोदावरी नगरपालिकाले फोहोरलाई ब्यबस्थित गर्न अत्तरिया बजारमा बितरण गरिएका प्लाष्टिकका डस्टबिनहरु गायब भएका हुन् ।
बजारमा ब्यबसायिक पसलहरुबाट निस्किने फोहोरलाई संकलन गर्न दुई पसल बराबर एक र कहि एक होटल तथा पसल बराबर एक डस्बिन बितरण गरिएको थिए । यद्धपी अहिले भने डस्बिन राखिएका ठाउमा डस्बिन रहेका छैनन् । बजारमा वितरण गरिएका डस्बिन गायब हुदा समेत नगरपालिका बेखबर बनेको छ । सुरु सुरुमा नया योजनाका साथ काम गर्ने तर पछि ति योजनालाई निरन्तरता दिन नसक्दा यस्तो अबस्था आएको सर्वसाधारणहरु बताउदछन् । सुदुरपश्चिम प्रदेशको केन्द्रमा रहेको बजारलाई सुन्दर र स्वच्छ राख्न नगरपालिकाले बिषेश ध्यान दिएको बताउदै आएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु दैनिक जसो औपचारिक कार्यक्रमको उद्घाटन र समापन गर्नमै ब्यस्त हुने गरेका छन् ।
गत कात्तिक महिनामा गोदावरी नगरपालिकाकले २–३ पसल बराबर एक जस्टबिनका दरले बजार क्षेत्रभरि ३२० वटा प्लाष्टिकका डस्टबिनहरु बाढेको थियो । प्रति जस्टबिनहरु १५ सय रुपैया पर्ने ति डस्टबिनहरु कुल ४ लाख ८० हजार रुपैयामा खरिद गरेको नगपालिकाले जनाएको छ । गोदावरी नगरपालिका र आम ब्यापारीहरुको लापरबहिका कारण बजारमा राखिएका फोहोर फाल्ने डस्टबिन गायब भएको सर्वसाधारणहरु बताउदछन् । आधा भन्दा बढि डस्टबिनहरु गायब हुदा सम्म बेखबर बनेको नगरपालिका भएका डस्टबिन पनि काहा छन् भन्नेमा मुख दर्शक बनेको छ । बजार क्षेत्रमा बितरण गरेको डस्टबिनहरुको अभिलेख भएपनि बितरण गरिसकेपछिको अबस्था के छ कस्तो छ , नभए काहा गए भनेर नगरपालिका संग कुनै जानकारी छैन् ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले बजारमा बाढिएका डस्टबिनहरु अधा भन्दा बढि गायब रहेको स्वकार गरे । उनले बजारलाई फोहोर मैला मुक्त बनाउन नगरपालिका नया योजनाका साथ गएपनि यो प्रभावकारी हुन नसकेको बताए । कुन कुन पसलमा डस्टबिनहरु बाढिएको यसको अभिलेख नगरपालिकासंग रहेको बताउदै उनले अब यो योजना सफल नभएपछि यसको बिकल्प खोजिएको जानकारी दिए ।

लाखौ खर्च गरेर खरिद गरिएका प्लाष्टिकका डस्टबिनहरु गायब भएपछि अहिले भने बजारमा धेरै फोहोर अटाउने स्टाण्ड सहितको फलामका डस्टबिनहरु राखिएका छन् । यद्धपी ति फलामका डस्टबिनहरुमा फोहोर भरिभराउ हुदा समेत नगरपालिकाले उठाउने गरेको छैन् । जसले गर्दा बजार क्षेत्र थप दुर्गन्धित बनेको छ ।
नगरपालिकाका अनुसार अहिले बजार क्षेत्रमा ६ वटा फलामका डस्टबिनहरु राखिएका छन् । प्रमुख प्रशासकिय अधिकृत बिष्टले बजार क्षेत्रमा प्रत्येक ६०÷७० मिटरको दुरीमा फलामका डस्टबिनहरु राख्ने काम भैरहेको बताए । "बजार क्षेत्रमा सानो सानो डस्टबिन भन्दा बढि फोहोर हुने ठाउमा ठुलो खालको फलामका डस्टबिनहरु राखेमा त्यसले केहि प्रभावकारी हुन सक्छ" उनले भने - "त्यसैले अब हामीले बजार क्षेत्रमा प्रत्येक ६०÷७० मिटरको दुरीमा फलामका डस्टबिनहरु राख्ने योजना बनाएका छौ ।" बजार क्षेत्रवाट निस्कने फोहोर मैलालाई नियन्त्रणमा यँहाका स्थानिय ब्यापारी र सर्वसाधारणहरु जिम्मेवार नबन्दा समस्या भैरहेको अधिकृत बिष्टले बताए ।