Severe Acute Respiratory Syndrome -SARS २००२ मा चीनमा चमेरो बाट मानिसमा सरेको थियो ८००० भन्दा बढी संक्रमित भई र ७७४ को मृत्यु भयको थियो । Middle East Respiratory Syndrome –MERS २०१२ मा साउदी अरेबियामा कोरोना भाईरस उटबाट मानिसमा सरेको थियो भने २४०० बढी संक्रमित भई ८५८ को मृत्यु भयको थियो ।
कोविड् –१९चिनको हुवैइ प्रान्त वुहान सिटीको हुन्नान् समुन्द्री होल्सेल फुड मार्केट्बाट कोविड्–१९ फैलियको थियो केही ब्यक्तिमा नीमोनिया लक्ष्यण देखियको तर कारकतत्त्व थाहा नभएको, अवस्थामा चीनले ३१ डिसेम्बर २०१९ मा विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरेको थियो ७ जनवरी २०२० मा नोवेल कोरोना भाईरसले गर्दा नीमोनिया प्रकोप भयको प्रमाणित भएको थियो ।
कोविड्–१९ चीन भन्दा बाहिर पहीलो पटक थाइल्यान्डमा १३ जनवरी २०२० मा कोविड्–१९ संक्रमन देखियको थियो तेसपछि नीरन्तर विश्वभरि महामारिको रुपमा फैलियो फलस्वरुप ३० जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य आपतकालको घोषणा ग¥यो ।
यसका लक्ष्यणहरु
मुख्यगरी– जरो आउनु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु ।
कुनैलाई – थकित महसुस हुनु, दुखाइ महसुस हुनु, सिगान बग्नु, घाटी बस्नु, पखला लाग्नु ।
कुनैलाई – लक्ष्यण नदेखी यो रोग देखिन सक्छ।
सर्ने माध्यम
संक्रमित ब्यक्तिले बोल्दा, हाच्छिउ गर्दा, खोक्दा नीस्किने छिटाहरु ३ फीट नाजिकको ब्यक्तिसम्म सर्न सक्छ ।
संक्रमित बेक्तिले छोएको समानहरु अन्नेबेक्तिले छोएर हात मुख, नाख र आँखामा छुदा यो रोग सर्दछ ।
संक्रमित ब्यक्तिको दिसाबाट पनि सर्न सक्ने अनुमान गरेको छ।
संक्रमन अबधी
- यो भाईरस मानिसभित्र प्रबेश गरेपछि २ देखी १४ दिनभित्र लक्ष्यण देखाउछ ।
कोविड्–१९ रोगबाट बच्ने उपायहरु
- नियमित रुपमा साबुन पानिले हात धुने कम्तिमा २० सेकेन्ड सम्म वा ७०५ अलकोहको मात्रा भयको हेन्ड सेनिटैजर प्रयोग गर्ने
रुघाखोकी वा जरो आएको ब्यक्तिबाट टाढा बस्ने ।
- खोक्दा वा हाच्छिउ गर्दा टिसिउले नाख, मुख छोपिने गरी गर्ने र डस्बिनमा राख्ने। टिसिउ सम्भब नभय खोक्दा, हाच्छिउ गर्दा कुहिनामा गर्ने
सन्क्रमित ब्यक्तिले छोएको सामान, बस्तुमा यो भाईरस केही घण्टा देखी केही दिन सम्म रहन सक्ने हुँदा कतै नछुने वा छोइहालेमा साबुन पानिले हात धुने ।
- सकेसम्म सर्जिकल मास्क वा एन ९५ मास्को प्रयोग गर्ने ।
सामाजिक दुरी कायम गर्ने
- कुनै ब्यक्ति संक्रमित वा जोखिम क्षेत्रबाट आएको भए १४ दिनसम्म छुटै राख्ने ।
- सकेसम्म घरमै बस्ने जरो, रुघाखोकी लागे स्वास्थ्य सस्था जाने वा हट लाएन सेबा प्रयोग गरी थप सरसल्लाह लिने ।
- नेपाल सरकारले तोके बमोजिमको नीयम पालना गर्ने ।
कोविड्–१९ को जोखिम समुह
- ७० बर्ष माथिका उमेर समुह ।
- दिर्घ रोगी जस्तै मुटु रोगी, मधुमेह, उच्च रग्तचाप, क्यान्सर, दम, म्रिगौला रोग ।
कोविड्–१९ बारे भ्रम
- रक्सी सेबन गर्दा यो भाईरस नमर्ने तर झन यो रोगको जोखिम बड्ने हुन्छ ।
- रक्सीमा ३५– ४० प्रतिशत सम्म अलकोहलको मात्रा हुने हुँदा हातमा लगाउदा यो रोगबाट बाचाउन सक्दैन ।
- नीमोनिया, हेमोफिलस इन्फ्लुएन्जा खोपले कोरोना भाईरस बिरुध रोगथाम गर्न सक्दैन ।
- कपडाको मास्क्ले कोरोनालाई रोक्न सक्दैन ।