अत्तरिया – कोरोना भाईरसको त्रास कै बिच खेतमा पाकेको गहुँ बाली भित्र्याउन किसान व्यस्त छन । पाकिसकेको गहुँ भित्र्याउनै पर्ने किसानहरुले बाद्यता बिच गँहु थ्रेसिङ गर्ने व्यवसायिले भने मनमपरी रुपमा शुल्क लिन थालेका छन । विश्वव्यापि रुपमा फौलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि गरिएको लकडाउनको फाईदा उठाउँदै थ्रेसिङ व्यवसायिहरुले महङ्गो शुल्क लिने गरेको किसानले गुनासो गरेका छन ।
कन्चनपुरको कृष्णपुर नगरपालिका ९ सुपरियाका किसान नारायण रानाले किसानहरुले गहँु थ्रेसिङ गराए बाफत मनपरी शुल्क लिने गरेको बताए । अहिले ११ भाग दहन (थ्रेसिङ) को १ भाग अर्थात ११ कट्टा गहुँ थ्रेसिङ गराए बाफत १ कट्टा थ्रेसरहरुले लिन थालेको रानाले बताए । जुन उत्पादनको नौ प्रतिशत भन्दा बढी हो ।
उनले यसअघि १६–१७ देखि २०–२१ दहनको लिने गरेको भएपनि अहिले मनपरि रुपमा महङ्गो शुल्क लिईरहेको बताए । ‘लकडाउनका कारण बाहिरबाट थ्रेसर मगाउन सकिएको छैन ।’ रानाले भने – ‘जसको फाईदा उठाउँदै स्थानिय थ्रेसर व्यवसायिहरुले मनपरी रुपमा शुल्क उठाउँन थालेका छन । उनले स्थानिय तहहरुले गहुँ थ्रेसिङको शुल्क निर्धारण गरिदिनु पर्ने बताए । ‘देश कोरोनाको महामारी, लकडाउन बेहोरिरहेको अवस्थामा किसानहरु आफ्नो गहुँको उत्पादनको ९ देखि १० प्रतिशत रकम अथवा (११–१२) दहन दिनुपर्ने बाध्य छन ।
अन्य ठाउँबाट ट्रेक्टर आउन नमिल्ने हुँदा ट्रेक्टर धनिको मनपरी, अवैज्ञानिक दरले किसानहरु लुटिन बाध्य भएकोले समयमै संबधित निकाय, स्थानीय तहको ध्यानाकर्षण गराउन चाहन्छु ।’ रानाले भने । उनले वैज्ञानिक दर कायम गराईनु पर्ने माग समेत गरेका छन ।’
स्थानिय सधु रानाले पनि ३ दिन अगाडी गहुँ थ्रेसीङ गराउँदा ११–१२ दहन अर्थात ११ भाग थे्रसिङ गराए बाफत बाह्रै भाग थ्रेसर धनीले लिने गरेको बताए । उनले गत बर्ष १७ भागमा मात्रै एक भाग लिने गरेको भएपनि यो बर्ष शुल्क बढाएको बताए । ‘थ्रेसरबालाहरुले तेल पाईएन, लकडाउनमा आउन समस्या छ भन्दै बढी लिए ।’ रानाले भने ।
स्थानिय एक जना थ्रेसर व्यवसायिले भने आफूले बढी शुक्ल नलिएको दावि गरे उनले थ्रेसिङको मुल्य निश्चित भने नभएको बताए । ‘कसैले ११–१२ पनि लिएका छन कसैले १४–१५ पनि लिएका छन ।’ स्थानिय नरब रानाले भने –‘मैले भने १४–१५ नै लिने गरेको छु ।’ उनले गाउँमा थ्रेसर चलाउन भने त्यस्तो समस्या नभएको बताए । थ्रेसर व्यवसायि देवी रानाले आफूले १२–१३ को दरमा थ्रेसिङ गराईरहेको स्वृकार गर्दै सरकारले नै शुल्क तोकिदिने हो भने आफूहरु सोहि शुल्कमा काम गर्न तयार रहेको बताए । किसानहरुले पनि थ्रेसिङको दर स्थानिय सरकारले नै तोकिदिनुपर्ने माग गरेका छन ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले जिल्ला समन्वय समितिमा बसेको बैठकले जिल्लाका लागि दर रेट तोकिसकेको बताए । उनले जिल्लाका सरोकारबालाको बैठकले १५–१६ को दर अर्थात १६ बोरी गहुँ थ्रेसिङ गदौ १५ बोरी किसानले र १ बोरी थ्रेसरले लग्ने निर्णय भएको बताए । उनले जिल्लाको दरमै टेकेर स्थानिय तहहरुले पनि मुख्य निर्धारण गरेको बताए ।
भुगोलका आधारमा सबै ठाउँमा जिल्लाको दर लागु गर्न नसकिने भएकाले आफूले प्रत्येक वडाहरुमा दर तोक्नका लागि वडा अध्यक्षहरुलाई निर्देशन दिएको बताए । अहिले सम्म कृष्णपुर नगरपालिकाको वडा नम्बर २ ले दर तोकेको भएपनि अरु वडामा दर तोक्ने काम जारी रहेको नगरप्रमुख हमालले बताए । उनका अनुसार वडा नम्बर २ मा १ घण्टा बराबर १७ सय वा १ क्युन्टेल गहुँ थ्रेसिङ गराए बाफत २८० रुपौयाँ शुल्क तोकिएको छ ।