अत्तरिया –विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले राहत दिने निर्णय ग¥यो । सोहि निर्णय अनुसार सरकारले कसलाई राहत दिने भन्ने मापदण्ड बनायो । सोहि मापदण्डमा टेकेर स्थानिय तहले पनि राहत वितरण गर्नका लागि कार्ययोजना बनाएर राहत वितरण प्रक्रिया अगाडी बढाए । सुरुमा स्थानिय तहले राहत संकलनका लागि भनेर विपत व्यवस्थापन कोष निर्माण ग-यो । दैनीक मजदुरी गरेर खाने वर्गलाई रातह आवश्यक रहेको महशुस गरेर धेरैले राहत कोषमा आफूले सकेजतिको सहयोग पनि गर्ने क्रम चलिरह्यो ।
राहत वितरणमै ढिलाई भयो भन्ने गुनासाका बिच गरिएको राहत वितरण पछि नगरपालिकाको प्रशंसा हुनुपर्नेमा उल्टै आलोचना बढ्यो । धेरैले राहत पाउनु पर्नेले नपाएको गुनासो गरे । जनमानसबाट गुनासो आउनुलाई केहि हदसम्म स्वाभाबिक मानिए पनि पछिल्लो समय राहत वितरण प्रक्रिया प्रति नगरपालिकाकी उपमेयरले नै असन्तुष्टि जनाए पछि भने राहत वितरणमा कमजोरी भएकै हो की भन्ने कुरालाई झन सतहमा ल्याएको छ ।
उपप्रमुखले बिहिबार फेसबुकमा स्टेटस लेखेर रातह वितरण प्रति असन्तुष्ट जनाएकी छिन । उनी आफै नगरपालिकाको जिम्मेवार पदमा भएपनि नगरपालिकाले सबैलाई रातह दिन नसकेकोले राहत पाउन बाकी परिवारलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउन माग गरेकी छिन । ‘गोदवरी नगरपालिकाका वडाहरुमा राहत पाउन अझैपनि केहि घरपरीवार छुटेको गुनासो आईरहेको अवस्थामा छुटपुट विपन्न परिवारको सुरा सुनौं, यो महाविपतमा हामी सबैले गम्भिर हुन जरुरी छ किनकि यो चुनाव होईन हामी जनप्रतिनिधि बसैका अभिभावक हौ । त्यसैले ज्याला मजदुरी गरिदाने, विपन्न जसको घरमा चुलो बाल्नै हम्मेहम्मे परेको छ, त्यस्ता परिवारलाई निस्पक्ष सहयोग गरौं’ यो उपप्रमुखले लेखेको फेसबुसमा स्टेटसको एउटा अंश हो । उनको यस स्टेटसमा राहत वितरणमा चुनावको जस्तो राजनीति नगरौं निस्पक्ष सहयोग गरौं भन्नुले रातह वितरणमा पक्षपात गरिएको र नगरप्रमुख र उपप्रमुख बिच समन्वय नै नगरिएको भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ ।
नगर प्रमुख र उपप्रमुख एउटै पार्टीबाट विजयी भएका भएपनि उपप्रमुखले पक्षपात नगरौं भन्नुले दुबै बिच समन्वय नभएको वा नगरप्रमुखको काम प्रति उपप्रमुख सन्तुष्ट हुन नसकेको सजिलै बुझ्न सकिन्छ । उनको यस आरोपले राहत वितरणमा पक्षपात भएको जनमानसको गुनासोलाई झन मलजल गरेको छ ।
उनकै पार्टीका नगर पदाधिकारीहरु नै प्रतिक्रिया जनाउँदै समन्वय गरेर अगाडी बढ्न र यसरी एकलौटी नहिड्न सुझाव दिएका छन । नेकपा गोदावरी नगरकमिटिका अध्यक्ष गोकर्ण भट्टले आफूले समन्वय गरेर सबैलाई मिलाएर लैजाउँ भन्दा पनि नमानेकाले अहिले समस्या आएको प्रतिक्रिया दिएका छन । उनले अझै पनि निस्पक्ष छानमिन गरी राहत वितरण गरिनुपर्ने बताएका छन । त्यस्तै नेकपा गोदावरी नगरकमिटिका सचिव आनन्द भट्टले आफै जिम्मेवारीमा पुगेपनि आरोप प्रत्यारोप भन्दा पनि एक्सनमा जान सुझाव दिएका छन । उनले जनता र पार्टीले साथ दिएकाले आफ्नो उत्तरदायित्व पुरा गर्न सुझाव दिएका छन ।
यसरी राहत वितरणमा नगरापलिकाकै जिम्मेवार निकायका व्यक्ती आरोप प्रत्यारोपमा उत्रिदा राहत नपाएका जनता भने झन निराश भएका छन ।