बिहान साढे १० बजेको थियो । म आफ्नो अफिस (गोदावरी एफएम )मा काम गरिरहेको थिए , घरवाट फोन आयो अंकललाई बढि भएछ अस्पताल लैजानुपर्ने भयो घर आउ । म हतार हतारमा घर गए । कोरोनाको रोकथामका लागि सरकारले देशभरी लकडाउन गरेको छ , अस्पताल सम्म सजिलै लैजाने ब्यबस्था पनि थिएन ।
तर घर नजिकै एक जना छिमेकीको आफ्नै स्कारपियो गाडी थियो , उनलाई आग्रह गञ्यौ उनी जान तयार भए । बाटोमा कुनै अबरोध नहोस भनेर ईलाका प्रहरी कार्यालय अत्तरियालाई खबर गरी गाडी नम्बर टिपायौ । अनि हामी (म , बिरामी अंकल र आन्टी) घरवाट निस्कियौ । केही बर्ष पहिले भारतको देहरादुनमा मुटुको अप्रेसन गरेका ७६ बर्षिय अंकल जनकलाल भट्टको श्वासप्रश्वासमा निकै समस्या भएपछि मैले सिधै धनगढीको सुबिधा सम्पन्न भनेर धेरै प्रचारप्रसार भैरहेको माया मेट्रो अस्पतालमा लगेर गए । हामी करिब साढे ११ बजेतिर सो अस्पतालमा पुग्यौ ।
सुरु मै त्यहा अचम्मको ब्यबहार भयो । अंकललाई जति सक्दो चाडो उपचार चाहिएका थियो तर करिब आधा घण्टा हामी अस्पतालको अगाडी टंटलापुर घाममा बस्नुपञ्र्यो । यो किन भन्दा अंकललाई श्वासप्रसासको समस्या थियो , त्यहाँ कार्यरत डाक्टर तथा कर्मचारीहरु कोरोनाको बिरामी आए जस्तै ब्यबहार गर्न थाले ।
उनको गाडी भित्रै ज्वरो नापियो , अरु खै के के गर्न थाले । मैले भने त्यस्तो केही छैन , जति सक्दो उँहालाई भर्ना गरिदिनुपञ्र्यो । एक जना कर्मचारीले भने बाहिरै रोक्नुहोस म एक छिन भित्र साधेर आउछु । म आफै भित्र गएर भने के भयो ? एक जना पिपिइ लगाएका डाक्टरले भने हेर्नुस हामीसंग सुबिधा छैन उपचार यहाँ हुदैन अन्त लैजानुहोस ।
मैले भने किन के भयो । किन उनको उपचार यता हुदैन मैले केही रिसाएर भने पछि नाई उपचार गर्नुहुन्छ भने त राख्नुहोस तर उनलाई चाहिने सेवा छैन अस्पतालका कर्मचारीले भने । हामीलाई जति सक्दो अंकलको उपचार गराउनु थियो ।
हामीले उनलाई इर्मेजेन्सी वार्डको एउटा बेडमा राख्यौ । बिरामी बेडमा आइसके पछि बिरामीको उपचार गर्ने जिम्मा त्यहाँको डाक्टरहरुको हो । तर त्यहाँको परिस्थिती अर्कै थियो । सुरुमा उनलाई भर्ना गर्नुपर्ने , टिकट लिन लगाउनुपर्ने , कस्ता खालको समस्या हो भन्ने तर्फ चेकजाँच तथा सोधपुछ गर्न डाक्टरहरुको टिम आउनुपर्ने हो ।
तर त्यहाँ कोही आएनन । मैले सुरु देखी नै सबै कुरा हेरिरहेको थियो । वरिपरि डाक्टरहरु घुमिरहेका थिए । यताउताका बेडका उपचार भैरहेका थिए । तर अंकलको बेडमा कोही आउदैन अचम्म लाग्यो , पछि त्यहाँ एक जना मेरै गाउँको भाई कार्यरत रहेछ उसलाई भने भाई के भएछ हेर त डाक्टरलाई बोलाउ त ।
उसले अंकलको मुखमा अक्सिजन लगायो अनि एउटा पर्ची दिएर यो औषधी ल्याएर आउनु भन्यो मैले ल्याएर आए । त्यसपछि त्यो भाईले उति बेलै खै के के लगायो ।
त्यसपछि हाम्रो साढे ४ घण्टा त्यही बेडमा छटपटाइ रहेका अंकलको मुख हेर्र्दै बित्यो । मैले डाक्टरलाई सोधे के भएको के गर्ने कोही हेर्नुहुन्न भन्दा डाक्टरले भने उनलाई भेन्टिलेटरको आवश्यकता छ हामीसंग भेन्डिलेटर त छ तर डाक्टर छैनन भन्दै कुरा टारे । अन्टिले भनिन् अनि यसमा हाम्रो के दोष उनलाई जति जे खर्च लागे पनि भेन्टिलेटरमा राख्नुपञ्र्यो डाक्टरलाई बोलाईदिनुपञ्र्यो तर कोही बोलेनन् ।
अन्टिले आखाँभरि आशु झादै भनिन् कस्ता अस्पताल हो किन डाक्टर छैन यस्ता अस्पताल र डाक्टरलाई कारबाही गर्नुपर्छ , चाहिएको बेला भएको सेवा पनि दिन नसक्ने अब हामी काहाँ जाने , त्यहाँका कर्मचारीहरुले सुने नसुने जस्तो गरि यताउता गए । त्यसपछि मैले मेरा चिनजानका धेरैलाई फोन गरेर यसबारे सल्लाह मागे ।
तर कही कतैवाट समस्याको समाधान निस्किएन , मैले सो अस्पताललाई धनगढीको अर्को निर्सग अस्पतालका नम्बर मागे तर त्यहाँवाट नम्बर पनि पाउन सकेन । पछि एक जना अर्को साथीलाई फोन गर्दा उसवाट नम्बर पाए अनि निर्सग अस्पतालका संचालकलाई फोन गरे तर त्यहाँको अबस्था पनि यहाको जस्तै रहेछ । भेन्टिलेटरका डाक्टर काठमाण्डौ रहेकाले उपचार हुन नसक्ने त्यहावाट उत्तर आयो । अनि फेरि सुदूरपश्चिमकै रेफरल अस्पतालका रुपमा रहेको सेती अस्पताललाई पनि सम्पर्क गरी बुझ्दा त्यहा भेन्टिलेटर खाली नभएको जानकारी आयो । अब के गर्ने यँहाका मै हु भन्ने सबै अस्पतालमा उपचार हुने कुनै बाटो खुलेन ।
हामीलाई निकै समस्या पञ्र्यो दिनभर भोक भोकै मेरो जागर मरिसकेको थियो । एक्लै रुनुको अर्को बिकल्प थिएन । म केही बेर सोच्न बाध्य भए । मैले यत्रो गर्दा त केही भैरहेको छैन कुनै सामान्य नागरिक ठूलो आशा बोकेर यी यस्ता अस्पतालहरुमा पुग्दा उनीहरुको हातल के हुन्छ । आइसियुमा राखेर केही हुन्छ कि भन्ने सोध्यौ तर उनलाई भेन्टिलेटर नै चाहिने अस्पतालका डाक्टर भन्न थाले ।
हामीले अब नेपालगञ्ज लैजानुपर्छ की भनेर सोच्यौ तर देशभर कोरोनाको त्रास छ आफ्नै गाउँठाउँमा रहेका अस्पतालमा त डाक्टरहरु पाइदैनन उता पनि यस्तै समस्या भएर के गर्ने भनेर अकमक्ममा पञ्र्यो । पछि उताको बारेमा आज बुझेर भोली लैजाउला भनेर बाध्य भएर घर ल्याउनेमा पुञ्र्यौ । करिब साढे तिन बजेको थियो हामीले घर लैजान्छौ ल यो सबै निकालिदिनुहोस भनेपछि एक जना डाक्टरले अन्तिममा जानेबेला एउटा टिकट किनेर ल्याउनुहोस म केही लेखिदिन्छु भने , मैले किनेर लगे अनि उनले के के लेखे हामीले थाहा पाएनौ ।
टिकट त्यही अगाडी टेबुलमा राखिएको थियो हामीलाई घर आउदा पनि दिइएन । पछि हामी घर आयौ र घर पुगेको १० मिनेट के भएको थिया अंकल यो संसारवाट बिदा भए । अंकलको जिवन माग्दै अस्पताल सम्म पुगेका हामी एउटा भेन्टिलेटर र एउटा डाक्टर नपाउदा उनको मृत्युलाई लिएर लुरुलुरु घर फर्कियौ । हामीलाई लग्यो भेन्टिलटर पाएको भए उहा हामी सगै हुनुहुन्थ्यो ।
सबैले अस्पतालाई मन्दिर र डाक्टरहरुलाई भगवान मान्छन् तर तिनै मन्दिर र भगवानले बास्ता गदैनन भने यस्ता मन्दिर र भगवानको के काम । हुदै नभएको सेवा कहाँवाट ल्याउने तर कसैको जिवन बच्छ भने भएको सेवा त दिनुपर्ने होइन र ।
मैले प्रत्यक्ष भोगेको यो पिडा अबका दिनमा हाम्रा अन्य प्रदेशबासी दाजुभाई तथा दिदिबहिनीहरुले भोग्नुपर्ने दिन नआओस । यस तर्फ मेरो सरकार , अहिले त झन तिन तिन ओटा सरकार छ ध्यान जावस् । यो बहेक अब म संग बाकी शब्द केही पनि छैन ।