अत्तरिया - सुदुरपश्चिम प्रदेको स्थायी राजधानी कैलालीको अत्तरिया बजारको मुख्य चोकमा रहेको दुर्गामन्दिरको मुहार फेरिएको छ । अत्तरिया बजारको मुख्य चोकमा रहेका मन्दिरको उचित संरक्षण र सम्बद्र्धन हुन थालेपछि मुहार फेरिएको हो । चार्डपर्वको एक दुई दिन मात्रै खुल्ने उक्त मन्दिरको संरक्षण र सम्बद्धन हुन नसक्दा अलपत्र अबस्थामा रहेको थियो ।
गोदावरी नगरपालिका वडा नं १ मा पर्ने बजारको मुख्य चोकमा रहेको मन्दिर अलपत्र हुदा छाडा गाई गोरु र मानसिक अबस्था गुमाएकाहरुको बास स्थान बनेको थियो । यद्धपी अहिले नगरपालिका र वडाले छुट्याएको बजेटवाट मन्दिर परिसरमा बिभिन्न कामहरु भएका छन् । मन्दिरका लागि गत आर्थिक बर्ष २०७४÷०७५ मा गोदावरी नगरपालिकाले ३ लाख र गोदावरी नगरपालिका वडा नं १ ले ६० हजार बजेट छुट्याएको थियो । मन्दिर ब्यबस्थापनको पुरानो कार्य समिती निश्कृय भएपछि गत पुसमा स्थानिय कृष्णराज ओझाको अध्यक्षतामा नया कार्य समिती गठन गरिएको हो ।
प्रदेशको मुख्य प्रबेशद्धारमा अलपत्र रहेको मन्दिरमा अहिले मन्दिर परिसरको जमिनलाई डोजर लगाएर सम्याइएको छ । यसका साथै मन्दिर वरपर पर्खाल निर्माण , गेट निर्माण , रङ्रोदन , तुलसीमुठ निर्माण लगाएतका कामहरु गरिएको दुर्गामन्दिर ब्यबस्थापन समितिका अध्यक्ष कृष्णराज ओझाले जानकारी दिए । उनले मन्दिर बरपर पर्खाल र गेट निर्माण भएपछि अहिले छाडा गाई गोरु र मानसिक अबस्था गुमाएकाहरु ब्यक्तिहरुको आवातजावत बन्द भएको बताए ।
‘अहिले दिनभरि पुजा पाठ हुने गरेको छ , हामीले एक जना पुजारीकोे पनि राखेका छौ ’ उनले भने – ‘ पुजारीले बिहान ५ बजे आएर आफै मन्दिर खोल्नुहुन्छ , त्यस पछि सरसफाई गरी बिहान ११ बजेसम्म पाठ गर्नुहुन्छ ।’ ११ बजे देखी ४ बजे सम्म बन्द हुने र पुन ४ बजेदेखी बेलुका ७ बजेसम्म पुजापाठको ब्यबस्था मिलाएको अध्यक्ष ओझाले बताए ।
उनले कहि कतैवाट बजेट उपलब्ध भएका बजारको मुख्य चोकमा रहेको मन्दिरमा आवतजावत गर्ने श्रद्धालु भक्तजनका लागि मन्दिरको पछाडी पट्टी हल सहितको अतिथी गृह , अगाडी पानीको छहरा सहित शिवजीको मुर्ती , हबन कुण्ड लगाएतका नया संरचनाहरु बनाउने योजना रहेको बताए । पहिले भन्दा अहिले धेरै परिर्वतन आएको उक्त मन्दिर परिसरमा बिभिन्न किसिमका बोटबिरुवाहरु लगाउने र बाटो , खानेपानी तथा शौचालयको ब्यबस्था भैरहेको जानकारी दिए ।
फोटोमा हेर्नुस






