अत्तरिया – जोखिम भएको भन्दै पछिल्लो समय निजि स्वास्थ्य संस्थाहरुले अस्पतालमै गएका बिरामीलाई हेर्न छोडेको आरोप लागिरहेका बेला अत्तरियाका एव युवा भने घर–घरमै स्वास्थ्य सेवा दिईरहेका छन भन्दा पत्यार नलाग्न सक्छ ।
तर कैलालीको गोदावरी नगरपालिका २ अत्तरियाका भोज साउँद भने घर– घरमै गएर स्वास्थ्य सेवा दिदैं आएका छन । त्यो पनि बिरामीले फोन गरेकै भरमा औषधी लगेर उनी घरमै पुग्ने गरेका छन ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नको लागि सरकारले गरेको लकडाउनका कारण अहिले मानिसहरुलाई अत्यावस्यक काम बाहेक घर बाहिर जान दिईएको छैन । ठुला–ठुला निजि अस्पताल मेडिकलहरु पनि बिरामी हेर्न छोडेका छन भने कतिपय अस्पताल बन्द नै गरेर बसेका बेला उनले यो रचनात्मक काम थालेका हुन ।
उनले अहिलेको परिस्थितिमा विपन्न वर्गका नियमित औषधि खानुपर्ने बिरामीले औषधी खान नपाएर समस्यामा नपरुन भन्नका लागि आफूले घर–घरमै निःशुल्क औषधी पुगाउँने काम गरेको बताए ।
यसअघि उनले चैत्र २३ गते कोरोना भाईरसको जोखिमका कारण गरिएको लकडाउनमा गोदावरी नगरपालिका भित्र नियमित औषधी खाने बिरामीले औषधी नपाएको भए घरघरमै औषधी पुगाउने भनेर सामाजिक सन्जाल फेसबुकमा आफ्नो नम्बर खुलाएर स्टेटस हालेका थिए ।
मालाखेती अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहेका साउँदले त्यसयता १२ जनाको लागि घरमै औषधी पुगाएको बताए । ‘लकडाउनमा नियमित औषधी खानुपर्ने अशक्त, जेष्ठनागरिक औषधी खान नपाएको कुरा सुने ।’ साउँदले भने –‘सामान्य समयमा पनि यस्ता विरामीले औषधी किन्न समस्या हुने गरेकोमा अहिलेको परिस्थितिमा झनै मार्कामा पर्न सक्ने भएकाले घरमै औषधी पुगाईदिने काम गर्न थालेको हुँ ।’
उनले अहिलेको परिस्थितिमा विपन्न वर्गका मानिसहरु साँझ बिहानको छाक टार्न पनि समस्या हुने भएकाले त्यस्ता व्यक्ति औषधी खान नपाएर झन समस्यामा नपरुन भन्नका लागि आफूले घरमै औषधी पुगाउने गरेको बताए ।