काठमाण्डौं – नेपालमा अहिलो सम्म पीसीआर (पोलिमरेज चेन रियाक्सन) मार्फत कोरोना भाईरस कोभिड १९ भए नभएको परिक्षण गर्ने गरिएको छ । एक साताअघि सरकारले चीनबाट केही पीसीआर मेसिन सँगसँगै ७५ हजारको संख्यामा ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) किटहरू पनि भित्र्याएको थियो ।
त्यसपछि शनिवार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा गण्डकी प्रदेशको बाग्लुङमा ¥यापिड परीक्षण गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार मंगलबार देखि कैलाली कन्चनपुरमा पनि ¥याडिट टेस्ट सुरु गरिदैं छ ।
मन्त्रालयले शुरूमा केही आरडीटीको नमूना परीक्षण गरेर त्यसको भ्यालिडेसनका लागि पुनः पीसीआर परीक्षण गर्ने तयारी गरेको छ । कोभिड १९ ठूलो मात्रामा फैलिएको समुदायमा आरडीटी गर्ने र पोजिटिभ आएका केसहरूलाई पुनः पीसीआर मार्फत् परीक्षण गरेर त्यसको सत्यता निश्चित गरिने भारतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
डाक्टर समीरमणि दीक्षितले पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिने तर आरडीटीमा चाहिँ रगतको नमूना परीक्षण गरिने बताए । ‘दुवै फरक–फरक तरिकाले हुने टेस्ट हो,’ डाक्टर दीक्षितले लोकान्तरसँग भने, ‘पीसीआरमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण हुन्छ भने आरडीटीमा चाहिँ रगतको परीक्षण हुन्छ ।’
डाक्टर दीक्षितले पीसीआरले भाइरसको उपस्थिति पत्ता लगाउने तर आरडीटीले भने हाम्रो शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने बताए । ‘ब्लड सिरममा एन्टीबडी हुन्छ, त्यसलाई आरडीटीले पत्ता लगाउँछ,’ उनले भने ।
तर भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै एन्टीबडी नदेखिने डाक्टर दीक्षितको भनाइ छ । ‘भाइरस चाहिँ २४ घन्टामै देखिन शुरू गर्छ भने एन्टीबडी देखिन चाहिँ ३र४ दिन लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले यसलाई रियल टाइम पीसीआर भनिएको हो । आरडीटी यदि पोजिटिभ देखियो भनेपनि पीसीआर गराएर हेर्नुपर्छ, बल्ल त्यसको विश्वसनीयता पुष्टि हुन्छ ।’
उनले आरडीटी ठूलो मात्रामा सर्भे गर्दा प्रयोग गर्न काम लाग्ने परीक्षण विधि रहेको बताए । ‘समाजमा कतिजनालाई लागेको छ, कहिले लागेको थियो । ठीक भैसकेको छ कि छैन जस्ता कुराहरू पत्ता लगाउन आरडीटीको प्रयोग गरिन्छ,’ उनले भने, ‘पीसीआर टेस्ट गर्दा १ देखि २ दिन त लाग्छ नै तर आरडीटी मार्फत एकाध घन्टामै हेर्न सकिन्छ । आरडीटी गरेपछि ढुक्क हुन अन्त्यमा त पीसीआर नै गर्नुपर्छ ।’
आरडीटीको आकार एउटा टिभीको रिमोट भन्दा पनि सानो हुन्छ, ठ्याक्कै प्रेग्नेन्सी टेस्ट गर्ने किटजस्तै । यसमा एक ठाउँमा रगतको नमूना राखिन्छ भने त्यसभन्दा माथि कन्ट्रोल लाइन हुन्छ । कन्ट्रोल लाइनसम्म मात्र यसको इन्डिकेटर सीमित रह्यो भने त्यसलाई नेगेटिभ मानिन्छ । त्यो भन्दा अघि इन्डिकेटर बढ्यो भने त्यसलाई पोजिटिभ मानिन्छ । साभार – लोकान्तरबाट