आस्था र अन्धविश्वासलाई कसैले एउटै तुलोमा जोख्ने मुर्खता गर्छ भने त्यसलाई मेरो आत्माले पटक्कै स्वीकार गर्दैन । म आत्माको अभिव्यक्ति बोल्छु । कसैबाट निर्देशित भएर ओठे अनि झुटो अभिव्यक्ति बोल्न मलाई न मेरो स्वभावले दिन्छ न त आत्मसम्मनले नै । त्यसैले कुनै किसिमका अन्धविश्वास , भ्रम अनि पाखण्डलाई मेरो आत्माले स्वीकार गर्दैन । यसो गर्ने छुट मलाई न मेरो विवेक दिन्छ न त प्रचलित ऐन कानुनले नै । तर केहि दिन यता अनेक किसिमका भ्रामक हल्लाहरु पिटेर मानिसलाई आतङ्कित अनि भयभित पार्न एउटा गिरोह सक्रिय भएर लागेको छ । भ्रमहरुले समस्याको समाधान दिँदैनन् बरु मान्छेलाई एकपछि अर्को समस्याको दलदलमा फसाउँछन् । जुनदिन भ्रमलाई पनि सत्य ठानिन्छ हो त्यसैदिबाट हो डोरी पनि सर्प जस्तो देखिने ।
कोरोना वर्तमान विश्वासका लागि सबै भन्दा ठूलो चुनौती बनेको छ । अमेरिक , चीन , बेलायत , जर्मनी , इटलीजस्ता शक्तिशाली राष्ट्रहरुले समेत कोरोनाका अगाडि सरेन्डर गरेको अवस्था छ । उनिहरुका अत्याधुनिक प्रयोगशालाहरु समेत कोरोनाको अगाडि लाचर अनि बिवश बनेका छन् । ति देशहरुमा दैनिक हजारौं मानिसहरु कोरोनाकै कारण जीवन गुमाइरहेका छन् । अहिले विश्व मानव समुदाय एकातिर छ भने कोरोना अर्को तर्फ । यसै त्रासका बिच विश्व महाशक्तिका मुखिया ट्रम्पले त मुख छाडेरै भनिसके ‘अमेरिकीहरूको मृत्युुलाई दुई लाख भित्र रोक्न सके पनि उपलब्धि हुनेछ ।’ यो हदसम्मको त्रास अमेरिकामा मात्र नभएर सारा संसारभरी छ । संसारभरिका मानिसहरु आफ्नै घरभित्र अघोषित कैदी बनेर बसेका छन् । सामाजिक सम्बन्ध अनि सहकार्यमा भोटेताल्चा लागेको छ । उद्योग , व्यापार , पर्यटन , कृषि लगाएत सबै किसिमका आर्थिक क्रियाकलापमा ब्रेक लागेको छ ।
यस्तो मानव सभ्यता माथि नैं प्रश्नचिह्न खडा गरिरहेको कोरोनालाई केहि व्यक्तीहरुले टाइमपास अनि बसिबियालोको बिषय बनाएका छन् । कोरानाको आडमा मानिहरु सँग कुनै न कुनै बहानामा भावनात्मक अत्याचार गरिदैछ । अनावश्यक भ्रम छरेर मानिसलाई आतङ्कित अनि भ्रमित पार्ने काम पनि कुनै न कुनै किसिमले आतङ्कवादी गतिविधि नै हो । यसको जति नै भत्सर्ना गरेपनि कम हुन्छ । कहिले काही अन्धविश्वास अनि भ्रमको पछि दौडदा दौडदै मानिस वास्तविकताबाट टाढा भागिरहेको हुन्छ । यस्तो अवस्था कालान्तरमा गएर मानव समुदायको हित तथा भलाईका लागि प्रत्युत्पादक हुनजान्छ । किनभने विश्वासको पतित अनि श्खलित स्वरुप नै अन्धविश्वास हो ।
केहिदिन देखि केहि सिल्लीहरुले सिलसिलाबद्द अनि नियोजित ढङ्गले चलाइएका भ्रम अनि अन्धविश्वासका श्रङ्खलाहरु :
१. कोइला काण्ड : कुन चैं काम नपाएको बदमासले आगन खनेर निस्किएको कोइला टिका लगाउँदा कोरोनाबाट बच्न सकिने सल्लाह दिएपछि मेरो प्रदेशका तराई देखि हिमालसम्मका धेरै मानिसहरुले उसको आदेशको पालन गरे । आगन खन्दै कोइला निकाल्दै टीका लगाउँदै । ग्रामीण भेगमा बसोबास गर्ने निरक्षर अनि निर्दोष मानिसमा यस्ता भ्रामक कुराको एकहदसम्म प्रभाव पर्नु स्वाभाविक हो तर आफुलाई शहरी , सम्भ्रान्त अनि बौद्धिक सम्झने बर्गका मानिसमा पनि यसको गहिरो प्रभाव पर्यो । दुखीआत्माहरुले लिपपोत गरेर चिटिक्क पारेको आगनलाई समेत भुँइपत्ताल लगाएर खेत खनेझै खने र कोइला निकाले । दाउरा पोल्नेहरुको आगनमा कोइला ननिस्किएर के हीरा निस्कन्छ त रु सुपका शहरी क्षेत्रमा समेत ज्ञाँस अनि विधुतीय चुलो बाल्न थालेको कति नै समय भएको छ र रु यस्तो अवस्थामा आगन खन्दा कोइला निस्कने कुरा सामान्य हो । यस धटनालाई असामान्य र अतिरन्जित ढङ्गले बिज्ञापन गर्न बढी सक्रिय वौद्दिक बर्ग नै अग्रसर देखियो । आफुलाई राज्यको चौथो अङ्ग भनेर अहङ्कार गर्ने अनि समाज सुधारको एक्लो ठेकेदार सम्झने वर्गले समेत यसलाई हेडलाइन बनाएर ब्यापक प्रचार प्रसार गरे । तिनले कोइलाको टिका लगाएर कोरोना काटेकै दिन सुप प्रदेशमा कोरोनाको पहिलो सङ्क्रमित ब्यक्ति भेटियो ।
२ पराली काण्ड : कोइला काण्डको राप र ताप सेलाउन पाएको थिएन । फेरि भ्रम अनि अन्धविश्वासको अर्को खेती सुरु भयो । प्रभुले टिकापुर , लम्की तिर पोलेको परालको बर्षा गराएछन् । त्यो पनि कोरोना भगाउन । सबै वर्ग , धर्म अनि सम्प्रदायका केहि मानिसहरु आ(आफ्नो प्रभुको आशिष लिन सडक देखि खेतसम्म दौडिएछन् । त्यो सौभाग्य कतिलाई प्राप्त भयो वा कतिलाई प्राप्त भएन तर सौभाग्य प्राप्त भएका वौद्दिक तथा सम्भ्रान्तहरुले सामाजिक सञ्जालमा त्यसको राम्रै प्रचार प्रसार गरे ।
प्रचार प्रसार गरिए जस्तो परालको वर्षा गराउने प्रभु नभएर कतै कृषकको परालमा आगो सल्केको रैछ । त्यहाँबाट हावाले उडाएको डढेको पराल परपर सम्म खस्न पुगेको रै छ । फेरि आकासबाट परालको मात्रै वर्षा हुने हो र रु कहिले काहिँ त चक्रबातका कारण माछा , भ्यागुता अनि गगटाको समेत वर्षा हुन्छ ।
परालीको एउटा रोचक प्रसङ : हरेक वर्ष पन्जाब अनि हरियाणामा जलाईने परालिका कारण दिल्लीमा मौसमी प्रदुषण अत्यधिक बढेर जान्छ । एक पटक त त्यसको कु प्रभाव भारत र श्रीलंकाको क्रिकेटमा समेत परेको थियो । दिल्लीको भिजिबिलिटि गुल भएको थियो भने मानिसलाई सास फेर्न समेत सकस परेको थियो । दिल्लीमा गाडीमा अड ईभनको फर्मूला पनि त्यसै समयमा लगाइन्छ भने राज्य सरकारहरु बिच अनौठो जुहारी चल्छ । परालीको चर्चाकै बिच सुपमा फेरि कोरोनाका थप तीन जना बिमारी थपिए ।
३. दीप काण्ड : हिजो अर्थात अप्रिल ५ तारिखमा भारतमा भारतीय जनता पाटीको ४१ औं स्थापना दिवस । भरतमा हाल नरेन्द्र मोदीको नेतृत्वमा भाजपाकै सरकार छ । कोरोनाका कारण सिँगो देश नै लकडाउनमा भएकाले मोदीले आचारसँहिता भित्रै रहेर पाटीको वार्षिकोत्सब मनाउने नयाँ काइदा निकाले । उनले राती नौबजे दीप प्रज्वलन गरेर कोरोनाका बिरुद्ध एकेवद्दता जनाउन देशबासीलाई आग्रह गरे । त्यसको घुमाउरो अर्थ भारतीयहरुलाई सम्पुर्णरुपमा भाजपाको स्थापना दिवसमा सहभागी गराउनु थियो । प्रतिपक्ष काङ्ग्रेसको बिरोध हुँदाहुँदै पनि भारतीयहरुले जानेर वा नजानेर मोदीलाई साथ दिए । त्यो भारतको आन्तिक मामला भयो त्यसमा मेरो कुनै चाँसो र सरोकार छैन ।
तर मलाई अनौठो त त्यतिबेला लाग्यो जब नेपालीहरुले समेत भाजपाको स्थापना दिवस दीप बालेर अनि थाल ठटाएर धुनधनासँग मनाए । सँधैका नास्तिकहरु पनि हिजोराती दियोको धार्मिक अनि वातावरणीय महत्वमाथी उपदेश दिदै दियो सल्काउन थाले ।
कान नछामेर कागको पछाडि दौडने नेपालीहरुलाई मोदीले अप्रिल ५ मा आएर फुल बनाए । अझ पनि आफूले गरेको गल्तिमा आत्मग्लानी सहित माफी माग्नुभन्दा झनै आत्मरतीमा रमाइ रहेका छन् । यो भन्दा ठूलो राष्ट्रिय लज्जा के हुन सक्छ । मेरो बिरोध धार्मिक आस्था अनि विश्वाससँग होइन । म धार्मिक आस्थाका आधारमा हिन्दु भएकाले दीप बाल्ने कुरासँग त झन मेरो केको बिमती । एक दिन होइन हरेक दिन दीप बाल्नुस् । एउटा होइन हजार दिप बाल्नुस् । मेरो असहमति त केबल अन्धविश्वास सँग हो , पाखण्ड सँग हो , भ्रमको खेती गर्नेहरुसँग हो ।
– लेखक शाही पद्म पब्लिक माध्यामिक विद्यालय सिलगढी डोटीका शिक्षक हुन् ।