महेन्द्रनगर -कञ्चनपुरमा संक्रमित देखिएका ४१ वर्षीय पुरूष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँ स्थित सडक निर्माणको काममा गएका थिए ।
उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइन सँग सुत्थे । उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ ।
विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रासले गर्दा नेपाल फर्किने सोच बनाए । कोरोनाको त्रास फैलिए सँगै उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगे ।
ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ ।
अवैध बाटो मार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो ।
लगत्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सशस्त्र प्रहरीले त्यसपछि ती पुरुषलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाइएको प्रहरीले जनाएको छ ।
सोही दिन राति १० बजे उनी सहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ । बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो ।
अवैध बाटो मार्फत नेपाल आएको खबर थाहा पाउने बित्तिकै काठमाडौँ स्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो ।
परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको थियो । हाल उनको उपचार भइरहेको छ ।
कोरोनाको त्रास फैलिए सँगै उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगेका थिए ।