अत्तरिया - अहिले बिश्वका बिभिन्न देशहरु कोरोना भाईरस अर्थात कोभिड १९ संग लडिरहेको छ । नेपालमा पनि यसको जोखिम उच्च रहेको भन्दै बिषेश साबधानीहरु अपनाउदै आएको छ । अहिले देशभर लकडाउन गरिएको छ ।
चैत ११ गतेदेखी लागुहुने गरी १८ गते सम्म पहिलो चरणमा एक हप्ता लकडाउन गरिएको थियो भने पछि फेरि २५ गते सम्म लकडाउन गर्ने सरकारले निर्णय गरेको हो । यतिबेला किसानहरुको खेतमा गहुबाली पाकेर लठरम्म भएको छ । यस अघिका बर्षहरुमा अधिकांशले गहुँ काटेर थ्रेसिङ गरेर घरमा भित्राइसकेका हुन्थ्ये । तर यस बर्ष भने कैलालीका किसानहरुले कहि कतै छिटफुट बाहेक धेरैले अहिले सम्म गहुँ काट्ने कुनै सुरसार गरेका छैनन् ।
कोरोना भाईरसको त्रास र देशभर गरिएको लकडाउनका कारण अहिले पाकेको गहुँबाली घर कसरी भित्राउने भन्ने चिन्ता किसानहरुको रहेको छ । गोदावरी नगरपालिका वडा नं २ का स्थानिय धर्मी भट्टले गहुँ पाकेर खेतमा झर्न लागेको भएपनि चाहेर पनि भित्राउन नसकेको बताइन् । उनले अहिले कोरोनाको त्रासले गर्दा बाहिर निस्कन सक्ने अबस्थामा पनि नरहेका कारण समस्या भएको बताए ।
'गहु पाकेर मुख हेरिरहेको छ के गर्ने यो बेला देशमा यस्तो संकट रहेको छ' उनले भनिन् - 'आफु एक्लैले काट्न पनि सकिदैन , गाउँका महिलाहरु मिलेर काट्ने भएपनि अहिले त्यो अबस्था रहेको छैन् ।'
अहिले गहुँ काटे पनि थ्रेसर पनि नपाइने हुदा काटेर मात्रै राख्न नसकिने किसानहरु बताउँदछन् । यस्तै गोदावरी नगरपालिका वडा नं ६ लालपुरका स्थानिय हरिद्धारी रानाले विश्वभर फैलिएको कोरोनाको संक्रमण र नेपालमा गरिएको लकडाउनका कारण सबै भन्दा बढि किसानहरु मारमा परेको बताए ।
उनले गहुँ काट्नु भन्दा पनि त्यसलाई थे्रसिङ गरेर भित्राउन झन ठूलो समस्या भएको बताए । यो समस्या अहिले देशभरीको हो यस्तो बेला हामी सबैले सचेत पनि बन्नुपर्छ उनले भने अब सरकारले के गर्छ त्यही अनुसार गर्ने भनेर हेरेर बसेको छौ । देशमा लकडाउन अझै लम्बिएमा सबैभन्दा बढि मारमा आफुहरु पर्ने किसानहरु बताउँदछन् ।
बर्षभरि खानाका लागि आवश्यक खाध्यान्न बाली अहिले भित्राउन नपाउदा पछि भोकमरी हुने हो की भन्ने पनि किसानहरुमा चिन्ता बढेको बताए ।
कैलालीको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले किसानहरुले निर्धक्कका साथ गहुँ काट्न र भित्राउन पाउने बताए । उनले हिजो बसेको जिल्ला स्तरिय बैठकवाट सामाजिक दुरी कायम गरी सजकता अपनाउदै गाउँघरमा किसानहरुले गहुँ काट्न र भित्राउन पाउने निर्णय गरिएको बताए । यसका लागि स्थानिय तहहरुले बिषेश सर्तकता अपनाउनुपर्ने उनले बताए