बाजुरा - जिल्लाको त्रिवेणी नगरपालिकामा विश्मा महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ नियन्त्रणमा पूर्वसावधानि अपनाउनका लागी नगरपालिकाले नियमित माईकिङ गरिरहेको छ ।
त्रिवेणी नगरपालिकाले नेपालमा लकडाउन शुरु गरेको दिन देखि नियमितरुपमा स्वमसेवकद्धारा नगरपालीकामा नियमित प्रचार प्रसार गरी रहेको त्रिवेणी नगरपालीका उपप्रमुख राधिका सुनारले बताएका छन । उनले माइकिङ्क प्रचार, प्रसारबाट बढी जनता सचेत हुने भएकाले गाउँ गाउँमा माइकिङ्क स्वयमसेवक मार्फत प्रचार प्रसार गर्न लगाएको उपप्रमुख सुनारले बताए ।
नगर भित्रमा रहेका प्रत्येक वडामा आ आफ्नो वडा भित्र कोरोना भाईरस विरुद्ध जनचेतना मुलक सन्देश दिनको लागि स्वयमसेवक खटाईएको वडा नम्वर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मिन बहादुर भण्डारीले जानकारी दिए ।
नगरपालिका प्रवक्ता भण्डारीले नगरपालिका भित्र रहेका जनताको सुरक्षाका लागि मनागाड ,ताप्रीसेरा , मौरे पुल लगायत नगर नगर भित्रका ठाउँ, ठाउँका सिमा नाकामा बाहिर बाट कोहि मानिस आवत जावत नहोस भन्नका लागि स्वयमसेवक राखिएको बताएका छन ।
सरकारले लकडाउन गरिरहेका बेला नगरपालिकाले जनतालाई सहजरुपमा वडामा नै कम भिडभाड हुन गरी खाद्यन्न पुञ्याउने समेत नगरपालीकाले निर्णय गरेको छ ।
वडा नम्वर १ देखि ५ सम्म तोलिस्वस्थ्य केन्द्रलाई क्वारेन्टाईन बनाउने र ६ देखि ९ सम्मको लागि आवश्यक परे वडा नम्वर ८ मा रहेको नरसिंह आधारभुत विद्यालयलाई क्वारेन्टाईन बनाउने र आश्यक सामाग्रि र औषधीको लागी प्रदेश सरकार सग माग गर्ने प्रवक्ता भण्डारीले बताए ।