अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने पदमा देवी कडायतलाई कहि कतैवाट गाडी पल्टियो भन्ने खबर आयो भने मन झसङ्ग हुन्छ । त्यस्तो खवर सुन्ने बित्तिकै उनको भोग , प्यास र निद्रा सबै हराउछ र उनि भाबुक हुदै एक्लै रुन थाल्छिन् । ३ बर्ष पहिले श्रीमानले संसार छोडेर गएपछि २ छोराको मुख हेरेर चित्त बुझाउदै बसेकी पदमाको जिवनमा फेरि ठुलो घटना घट्यो । आफुलाई थाहा नै नदिएर डडल्घुरामा लाग्ने उग्रतारा मेला हेर्न पाहाड गएको प्राण भन्दा प्यारो छोरो लास बनेर घर फर्कियो ।
गत मंसिर ६ गते डडेल्घुराको अमरगढी नगरपालिका– ८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला हेरेर फर्किने से १ च २९३ नम्बरको स्कुले बस डडेल्धुरा र डोटीको सीमानामा पर्ने रडुवा खोलामा दुर्घटनामा परी उनका १८ बर्षिय छोरा केशब कडायतले अकालमै ज्यान गुमाउनु पञ्र्यो । उक्त बस दुर्घटनावाट पदमा देवी जस्तै धेरैले आफ्नो आमाबुवा , छोराछारी , श्रीमान् श्रीमति , दाईभाई , दिदिबहिनी गुमाउनुपञ्यो । उक्त बस दुर्घटनावाट ठुलो जनधनको क्षेति भयो । दुर्घटनामा परी १८ जनाले अकालमै ज्यान गुमाए भने थुप्रै घाईते भए । बसमा ४५ जना भन्दा बढि सवार रहेका थिए ।
यस्तै केहि दिन पहिले बुधवार एका बिहानै डडेल्धुराको गन्यापधुरा गाउँपालिका साहुखर्कमा यात्रु बहाक बस दुर्घटना हुदा ६ जनाको ज्यान गयो भने ३३ जना भन्दा बढि घाइते भए । धनगढीबाट बझाङ गईरहेको ना ६ ख १८३१ नम्बरको यात्रु बोकेको विहान पौने ५ बजे डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो । ३२ जना सिट क्षमता भएको बसमा ५० जना बढी यात्रु र अन्य सयौं क्विन्टल सामान बोकेको बस बढि भार भएर दुर्घटनामा परेको बताइएको छ ।
सुदुरपश्चिम प्रदेका पाहाडी जिल्लाका सडकमा गाडी गुडाउनु आफैंमा खतरापूर्ण मानिन्छ । त्यसमाथि क्षमताभन्दा बढी यात्रु चढाउनुले यात्रुलाई मृत्यु मुखमा पुञ्याइरहेको हुन्छ । अहिले यात्रुको चाप हुने चाडबाडको समय पनि होइन । खतरापूर्ण स्थानमा ओभरलोड भएको गाडीमा ट्राफिक प्रहरीको मिलेमतो र गाडी चलाउने चालकको गम्भीर लापरबाही मान्न सकिन्छ । केहि बर्ष यता सुदुरपश्चिम प्रदेशको सदरमुकाम र शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा चल्ने साधन दिनप्रति दिन दुर्घटना भैरहेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि बिभिन्न प्रयासहरु गरिरहेको बताए पनि दुर्घटनाका कमी आउन सकेको छैन ।

चालु आर्थिक वर्षको ९ महिना यता मात्रै १ सय ७४ सवारी दुर्घटनामा परी १ सय ७७ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढि चैत्र महिनामा ३१ सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भउको छ भने २७ जना गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी चालु आर्थिक वर्षको ९ महिनामा १ सय ७६ जना गम्भिर घाईते भएका छन् । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार बर्षेनी सवारी दुर्घटना बढ्दो क्रममा रहेको छ । पछिल्लो तिन वर्षको अबधिमा भएका ६ सय ७७ वटा सवारी दुर्घटनामा परेका छन् । जसबाट ५ सय ५१ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घाइते अबस्थामा रहेका छन् । सवारी दुर्घटना न्युनिकरणका ट्राफिक प्रहरीले चार्डवार्डको समयमा केहि सक्रियता बढाएपनि अघि पछि भने निश्किृय हुने गरेको देखिन्छ ।
सडकमा सवारीको चाप बढ्दै जानु , सडक साँघुरो हुनु , ट्राफिक प्रहरीको सक्रियता कम हुनु र सवारी चालक एबम् यात्रु दुबैको लापरबाहीका कारण सवारी दुर्घटना बर्षेनी बढ्दै गइरहेको जानकारहरु बताउदछन् । यस्तै सवारी चेकजाँचमा कढाई नहुनु, क्षमता भन्दा अत्यधिक यात्रु चाप हाल्ने गरेका कारण पनि सवारी दुर्घटना उनिहरु बताउदछन् । बर्सेनी बढिरहेका सवारी दुर्घटनाका कारण यात्रा गर्नै डर लाग्ने गरेको सर्वसाधारणको भनाई छ । यात्रु बोक्ने साधनमा जनाबर देखी खाध्यान्न सम्म बोकेर ग्रमिण क्षेत्रहरुमा गाडी चलाउदा बढि दुर्घटना भैरहेको छ ।
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक लाल बहादुर साउँदका अनुसार सवारी साधानहरुको चाप बढ्दै जानु , यात्रु र चालकको दुवैको लापरबाहि र सडकको अबस्थाका कारण बर्सेनी सवारी दुर्घटना बढ्दै गइरहेका छन् । सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले आफ्नो क्षेत्रवाट निरन्तर लागि रहेको उनले बताए ।
कतिपय दुर्घटनाहरु चालक र यात्रु दुवैका लापरबाहीका कारण पनि हुने गरेको छन् उनले भने – सरकारले एउटै चालकलाई ८ ÷८ घण्टा भन्दा बढी सवारी चलाउन नपाउने नियम बनाएको छ तर पनि यो लागु हुन सकेको छैन । हामीले सुदुरपश्चिमका पाहाडी जिल्लाहरुमा जाने सवारी साधनका लागि टाइम कार्डको ब्यबस्था गरेका छौ , बेला बेलामा सचेतना मुलक कार्यक्रमहरु पनि गरिरहेका छौ तर पनि दुर्घटना रोकिएको छैन् । ट्राफिक प्रहरीले एक्लै गरेर केहि नहुने बताउदै यसका लागि नियमको पालन गर्दै यात्रु , चालक सबै जिम्मेवार भए दुर्घटनामा केहि कमी आउने प्रहरी निरिक्षक साउँदले बताए ।