धनगढी– प्राइभेट अस्पताल संघ कैलालीले स्वास्थकर्मीको सुरक्षाको दायित्वलाई मध्यनजर गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै निस्वार्थ रुपमा स्वास्थकर्मीहरुबाट सेवा प्रदान गरीरहेको अवस्थामा वहाँहरुको सुरक्षाको दायित्वलाई पनि मध्येनजर गरियोस भनेर सरकारको ध्यानाकर्षण गरिएको हो ।
संघका अध्यक्ष जनकराज जोशीद्धारा प्रकाशित विज्ञप्तीमा महामारीमा हामी निरन्तर रुपमा सरकारका संयन्त्रसँग सहकार्य गर्न चाहन्छौ भनिएको छ ।
‘बर्तमान महामारीको अवस्था रकम खर्चगरेर पनि बिश्वसनिय साधन नपाइएको अवस्था हो सुरक्षा सामग्री बेगर स्वास्थकर्मीहरुलाई सो जिम्मेवारी दिदा महामारी नियन्त्रण भन्दापनि महामारी फैलने संभावना हो सो बिषयमा पनि सरोकारवालाको ध्यान रहोस भन्ने हाम्रो अनुरोध हो ।’ विज्ञप्तीमा भनिएको छ ‘यस महामारीमा हामी निरन्तर रुपमा सरकारका संयन्त्रसँग सहकार्य गर्न चाहन्छौ सरकारलाई आवश्यक परे यस महामारी उपर बिजय प्राप्तीका निम्ती हाम्रा श्रोतसाधन प्रयोग गर्न्दिन हामी तयार छौ जुन हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’
साथै विज्ञप्ती मार्फत महामारी रहुन्जेल उपचार सेवामा २० प्रतिशत छुट दिने जानकारी दिईएको छ ।
प्राइभेट अस्पताल संघको अनुरोध
यस कैलाली जिल्लामा रहेका सम्पूर्ण अस्पताल अफिन ( एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल ) सदस्यहरुको स्वास्थ मंत्रालय काठमाण्डौ , केन्द्रीय अफिन, सामाजिक बिकास मंत्रालय सुदुरपश्चिम प्रदेश सँगको निरन्तर सल्लाह छलफल अनुसार सवै अस्पताल सक्ने सेवाहरु प्रदान गरिरहेको अवस्था हो स्वास्थकर्मीहरुको सहयोग र न्यूनतम स्वास्थ सुरक्षाका सामग्रीको परिचालन गरी निस्वार्थ रुपमा लागिपरेका हरुको मनोवल बढाउन र निरन्तर समन्वय गरेर अघिबढनु अहिलेको यस महामारीको संकटसँग जुध्नु पहिलो प्राथमिकता हो एक अर्कालाइ आरोप प्रत्यारोप लगाउनु भन्दापनि कसरी संकटसँग जुध्ने र अस्पतालका आवश्यकता पनि कति पुरागर्न सकिन्छ त्यसतर्फ सहयोग पुर्याउन स्थानीय निकाय र सरोकारवालाहरुको सहयोगको अपेक्षा राख्दछौ । महामारीको बेला सबै अस्पतालहरुको पनि जिम्मेवारी हुन्छ जुन सामाजिक उत्तरदायित्व पनि हो । लकडाउनका बेला अति आवश्यक सामग्रीहरुको परिपूर्ति के कसरी गर्न सकिन्छ त्यसतर्फ निरन्तर अनुगमन गर्न गराउन पनि सम्बन्धित किायको ध्यानआकर्षण गराउन चाहन्छौ ।
निस्वार्थ रुपमा स्वास्थकर्मीहरुबाट सेवा प्रदान गरीरहेको अवस्थामा वहाँहरुको सुरक्षाको दायित्वलाई पनि मध्येनजर गरियोस भन्ने हाम्रो अनुरोध हो । बर्तमान महामारीको अवस्था रकम खर्चगरेर पनि बिश्वसनिय साधन नपाइएको अवस्था हो सुरक्षा सामग्री बेगर स्वास्थकर्मीहरुलाई सो जिम्मेवारी दिदा महामारी नियन्त्रण भन्दापनि महामारी फैलने संभावना हो सो बिषयमा पनि सरोकारवालाको ध्यान रहोस भन्ने हाम्रो अनुरोध हो । यस महामारीमा हामी निरन्तर रुपमा सरकारका संयन्त्रसँग सहकार्य गर्न चाहन्छौ सरकारलाई आवश्यक परे यस महामारी उपर बिजय प्राप्तीका निम्ती हाम्रा श्रोतसाधन प्रयोग गर्न्दिन हामी तयार छौ जुन हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।
लकडाउन पछिका पुर्व तयारीहरु पनि राम्ररी मिलाउने भनेपनि अहिलेको अति संबेदनशिल प्रसंगलाई ध्यानमा राखि सरकारले त्यसको पनि पुर्वतयारीको योजना तर्जुमा गर्नु अर्को आवश्यकता हो । भोलीको तयारीमा पनि सबैको ध्यान आकर्षण गराउन चाहन्छौ ।
सहकार्य, सहयोग र सवै मिलेर अघिबढने दृढसंकल्पका साथ सबै अस्पताल लागिपरेका छौ । यसै अपिलद्धारा सवै स्वास्थकर्मीलाई नमन गरी सरकारलाई पूर्ण सहयोग गरीरहन पनि जानकारी गराउदछौ साथै यो बिषम परिस्थितीमा एक अर्कालाई आरोप प्रत्यारो नगरीदिन तथा मिडियाकर्मी ज्यूहरुलाई पनि आधिकारीक व्यक्तीसँग नबुझि समाचार संप्रेषण गर्दा समाजमा अफवाह फैलने र महामारी कमगर्ने भन्दा बढी हुने संभावना रहने भएको हुँदा यस बिषम परिस्थितीलाई मध्येनजर गरी आधिकारीक व्यक्तीसँग बुझेरमात्र समाचार संप्रेषण गरिदिन हुन अनुरोध छ ।
साथै आजैका मिती देखि यस महामारीको अवधिभर अस्पतालले दिने उपचारका सेवामा २० प्रतिशत छुट रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।
जनकराज जोशी
अध्यक्ष
APHIN prov= 7-Association of Private health institution Nepal
प्राइभेट अस्पताल संघ, कैलाली