अत्तरिया - विश्वब्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ को रोकथाम तथा यसवाट बच्नका लागि काठमाण्डौमा रहेको शंकर देव क्याम्पस नेबिसंघले निरन्तर रुपमा अभियान चलाइरहेको छ । शंकर देव क्याम्पस नेबिसंघले यो महामारीवाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ भन्ने उध्ेश्यका साथ बिभिन्न ठाउँहरुमा स्वास्थ्यका सामग्रीहरु बितरण गर्दै निरन्तर रुपमा अभियान चलाइरहेको हो ।
संकटको बेला पनि नेपाली जनताहरुको सेवामा चौबिसै घण्टा खटिएका सुरक्षाकर्मी र मिडियाकर्मीहरुलाई शंकर देव क्याम्पस नेबिसंघले कोरोनावाट बच्न बिभिन्न खाले स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ ।
शंकरदेव क्याम्पस नेबिसंघका नेता दिपक ओझाको नेतृत्वमा रहेको टोलीले अहिले सम्म काठमाण्डौमा रहेका तिन ओटा प्रहरी कार्यालय र एउटा एपीवान टेलिभिजमा गरी चार स्थानमा अतिआवश्यक स्वास्थ्यका सामाग्रीहरु मास्क , ग्लोब्स र सेनेटाइजर बितरण गरेको हो ।
विश्वभर कोरोनाको महामारी बढिरहेका बेला जनताहरुलाई सु सुचित गराउने कार्यमा सक्रिय एपीवान टेलिभिजनका ५० जना पत्रकार तथा मिडियाकर्मीहरुलाई आज १ सय थान मास्क , ५० जोडी ग्लोब्स र सेनेटाइजर बितरण गरिएको हो ।
यस्तै यो संकटका बेला जनताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु नै असुरक्षित रहेको महसुस गर्दै सुरक्षाकर्मीका लागि महानगरीय प्रहरी प्रभाग , कपनमा १ सय पिस मास्क वितरण गरिएको नेता ओझाले जानकारी दिए । यस्तै यस अघि महानगरीय प्रहरी बृत्त सिंहदरबार र महानगरीय प्रहरी बृत्त कमलपोखरीमा पनि मास्क वितरण गरिएको उनले बताए ।
उक्त कार्यक्रमलाई सफल पार्नका लागि नेबिसंघका महामन्त्री बल्देब तिमल्सिना र युब राज पाण्डे र युवा नेता श्याम तिम्सिना , सोम राज मल्ल, रुपेश शाहको महत्वपूर्ण सहयोग रहेको उनले बताए ।