अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालको अबस्था अस्तव्यस्त रहेको छ । अस्पतालले दिने सम्पुर्ण सेवा सुबिधाहरु अस्तव्यस्त हुँदा अधिकाशंले अस्पताल नै ‘बिरामी’ भएको टिप्पणी गर्न थालेका छन् । गर्मीयाम बढेसंगै केहि संख्यामा बिरामीहरु बढे पनि अस्पतालले दिने सेवा सुबिधा प्रभावकारी नभएको भन्दै अघिल्लो बर्षको तुलनामा यस बर्ष बिरामीको संख्यामा पनि कमी आएको छ ।
मालाखेती स्वास्थ्य चौकी हुदै मालाखेती अस्पतालका रुपमा स्तोरोउन्नती गरिएको भएपनि अस्पतालले दिने सेवा सुबिधा स्वास्थ्य चौकी भन्दा पनि कम कम हुदै गइरहेको बिरामीहरु बताउदछन् । गोदावरी नगरपालिकाको माताहतमा रहेको उक्त अस्पतालमा उपचारका लागि आबश्यक पर्ने उपकरण , औषधि र चिकित्सकहरु नहुदा अस्पताल र बिरामी दुवैले सास्ती खेप्नु परिरहेको छ ।
सरकारी अस्पताल भन्दै टाढा टाढा पुग्ने बिरामीहरुले चाहे अनुसारको सेवा सुबिधा नपाएपछि उपचारका लागि निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य भइरहेका छन् । अघिल्लो बर्ष चैत्र , बैशाखको महिनामा २०० जनाको हाराहारीमा मौसमी बिरामीहरु आउने गरेको भएपनि यस बर्ष मुस्किलले १०० जना पुग्ने गरेको मालाखेती अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिवराज पनेरुले जानकारी दिए ।
हिउदको भन्दा गर्मीयाममा बिरामीहरुको संख्या बढ्ने नै भयो उनले भने तर जति बिरामीहरु आउनुपर्ने त्यो अनुसारका बिरामीहरु आउन सकेका छनैन् । बिरामीहरुको सेवा सुबिधाका लागि अस्पतालमा अपकरणहरु नहुदा र भएका उपकरण पनि बिग्रिएकाले उपचारमा समस्या भैरहेको उनले बताए । यहि कारणले पनि बिरामीहरुको संख्या घटेको उनको भनाई थियो । उनका अनुसार १ बर्ष पहिलेदेखी नै बिग्रिएको एक्सरे मेसिन अहिले सम्म मर्मत हुन सकेको छैन् । २४ औ घण्टा ईमरजेन्सि सेवा सुचारु नहुनु , एक्सरे सेवा बन्द हुनु , ल्याब सेवा नहुनु , आवश्यक औषधी अभाव हुनु , खानेपानीको समस्या हुनु लगाएतका कारणले पनि अस्पताल आफै बिरामी अबस्थामा रहेको छ । सरकारी अस्पतालहरुमा निशुल्क पाइने ८३ प्रकार औषधीहरु मध्य हाल ३०–३५ प्रकारका औषधीमा अस्पतालमा उपलब्ध रहेको फामेर्सी प्रमुख बिरेन्द्र सिंह धामीले जानकारी दिए ।
उनका अनुसार फमेर्सीमा उपलब्ध भएका औषधी मात्रै बिरामीलाई दिइने र बाकि बिरामीले आफै निजि क्लिनिकवाट किन्नुपर्ने बताए । उनले अस्पतलामा औषधी अभावका बारे नगरपालिकालाई जानकारी गराएको भएपनि नगरपालिकावाट केहि प्रतिकृया नआएको बताए । गोदावरी नगरपालिका वडा नं १२ ओलानीका स्थानिय सुरेश बि.कले आफ्नी बिरामी काकीलाई डाक्टरवाट चेकजाच गरिसके पश्चात डाक्टरले दिएको पर्चा लगेर फामेसीमा पुगे ।
फामेर्सीमा पुग्दा डाक्टरले लेखेका ६ प्रकारका औषधी मध्य जिवन जल मात्र पाएको बाकि सबै निजि मेडिकलमा किन्नु परेको गुनासो गरे । एक दुई औषधीको कहिले काहि कमी हुन्छ मान्छौ – उनले भने तर ६÷६ औषधीमा एक मात्र पाए ,यो कति सम्मको कमजोरी हो सरकारी अस्पतालको । सरकारी अस्पतालमा केहि सहज होला भनेर टाढा टाढावाट आउने गरेको भएपनि निजि अस्पताल भन्दा बढि महङ्गो सरकारी अस्पतालमा हुने गरेको गोदावरी नगरपालिका ७ लालपुरका स्थानिय भक्त बहादुर आउजीले गुनासो पोखे । अस्पतालका निमित्त प्रमुख डा. शिवराज पनेरुले आफु नामको मात्रै प्रमुख भएको बताए ।
उनले आफु अधिकार बिहिन हुदा केहि काम पनि गर्न नपाएको बताए । पहिला अस्पताल बिकास समिती मार्फत हरेक कामहरु तुरुन्त हुने गरेको भएपनि अहिले भने सबै आर्थिक जिम्मेवारी नगरपालिकाले लिदा भनेको समयमा अस्पतलालाई आबश्यक पर्ने उपकारण तथा औषधीहरु पुग्न नसकेको उनले बताए । आफुले अस्पतालका हरेक गतिबिधिहरु र याँहाको समस्याहरुलाई खुलाएर तयार पारेको लिखित प्रतिबेदन नगरपालिकामा बुझाएको उनले बताए । आबश्यक अनुसारको दरबन्दी काजमा पुरा भएपनि अस्पततालमा पुग्न नसक्दा पनि बिरामीहरुले सास्ती खेप्नुपरिरहेको उनको भनाई थियो ।
कैलाली र कञ्चनपुरका बिरामीहरुले सेवा लिरहेको यस अस्पतालको सम्भावना भने बढ्दो रहेको छ । केहि बर्षदेखी भवनको अभाव झेल्दै आएको अस्पताल अहिले नया भवनमा सरिसकेको छ । संघियताले गर्दा आर्थिक अधिकार एकातिर र सेवा प्रदायक अर्को तिर हुदा केहि अलमल भएकाले यस तर्फ नगरपालिकाले समयमै ध्यान दिए सबै समस्या समाधान हुने निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पनेरुले बताए ।