अत्तरिया - बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण धनगढीमा पनि देखिएपछि अहिले यहाँका स्थानियहरु निकै त्रसित बनेका छन् । कोरोनाको रोकथामका लागि सरकारले एक हप्ता पुरा देशघर लकडाउन गरेको छ । कोरोनाको त्रासले शहर बजार तथा अन्य देशहरुबाट समेत अहिले धेरै जसो मानिसहरु गाँउमा केन्द्रीत भएका छन ।
कोरोना अर्थात कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अहिले गाउँघरमा झन कडा देखिएको छ । कैलालीको गोदावरी नगरपालिकाका स्थानियहरु अफै सचेत बन्दै गाउँघरमा लकडाउनलाई कडा पाएिको छ । स्थानियले आफ्नो टोलको सुरक्षाको लागी भित्री बाटोहरुमा प्रबेशमा रोक लगाइरहेका छन् ।
लकडाउनका समयमा मानिसहरु गाउँमा ओहोरदोहोर गर्न थालेको भन्दै स्थानीयले गाउँले नियमहरु बनाएर लागू गर्न थालेका छन् । लकडाउनका बेला मानिसहरु आवत जावत गर्न थालेको भन्दै अहिले गोदावरी नगरपालिका भित्रका भित्री बाटाहरु अवरुद्ध गरेर हिँडडूलमा रोक लगाएका हुन् ।
अत्तरिया बजार संगै रिङरोड , कडयत टोल , बनखेत , बिजयनगर , लालपुर , मालाखेती , तेघरी लगाएतका गोदावरी नगरपालिकाका विभिन्न वडामा रहेका स्थानिय अगुवाहरुले भित्रि बाटामा बाँसको डण्डा बाँधेर तथा ढुंगामुढाहरु थुपारेर बाटो बन्द गरेका हुन् । कोरोनाको जोखिम नेपालमा पनि बढेको भन्दै अपरिचित ब्यक्तिहरुलाई टोल प्रबेशमा रोक लगाउदै गाउँटोलका बाटाहरु अबरोध गरिएको हो ।
सडकमा बाँस बाँधेर बाँसमा पनि कोरोना सम्बन्धी चेतनामूलक सन्देश टाँसिएको छ । जसले गर्दा भित्रि बाटो हुदै सवारी साधनहरुमा एक ठाउँवाट अर्को ठाउँमा आवतजावत गर्नेहरुलाई समस्या भएको छ ।
फोटोमा हेर्नुस...









