अत्तरिया -गोदावरी नगरपालिका ८ का एक जनालाई क्वारेनटाइन मा राखिएको छ । उनलाई मालाखेती अस्पातलको क्वारेनटाइनमा राखिएको छ । भारतबाट केही दिन अघि फर्किएका उनलाई नगरपालिकाको पहलमा क्वारेनटाइनमा राखिएको हो ।
यस्तै नगरपालिकाले भारतबाट आएका अन्यलाई पनि घरपरिवार सँग नबस्न र कम्तीमा १४ दिन क्वारेनटाईनमा बस्न अनुरोध गरेको छ ।
गोदावरी नगरपालिका घर भएका झण्डै ४४ जना केही दिन अघि मात्रै भारतबाट आएका हुन् । उनिहरु क्वारेनटाइन नबसेर सिधै घर गएपछि स्थानिय त्रसित बनेका छन ।
गोदावरी नगरपालिका १२ का वडा अध्यक्ष भिम खडकाले आफ्नो वडामा २ जना भारतबाट आएको भेटिएको बताए । उनिहरु माथि आफुले निगरानी गरिरहेको अध्यक्ष खड्काको भनाई रहेको छ ।
यधपी उनिहरु घर आएर सबै को सम्पर्कमा घुलमिल भईसकेकाले थप जटिलता कायम भएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष वीर बहादुर चोखालले वडामा भारतबाट आएकाहरुको तथ्याङ संकलन गर्ने कार्य भईरहेको बताए ।
उनले वडाका स्वयंसेबिका मार्फत मास्क बितरण र निररानी गर्ने कार्य गरिने बताए । नगरपालिकाका प्राय सबै वडामा भारतबाट आएकाहरु बसेका छन् ।
तर उनिहरु सबैको संपर्कमा जाने ,सार्बजनिक स्थलमा जाने ,अझ जुवा तास खेल्ने गरेका कारण पनि स्थानिय चिन्तित बनेका छन् । उनिहरुलाई नगरपालिकाका वडामा रहेका स्वास्थयकर्मीहरुले सोधपुछ गर्ने गरेको भएपनी त्यो पर्याप्त देखिएको छैन ।
नगरपालिकाले नेपाल आर्मीको तेघरी स्कुलमा १ सय बेडको क्वारेन टाईन कक्ष बनाएको छ । यस्तै मालाखेती अस्पताल र सामुदायिक अस्पतालमा आईसोलेसन कक्ष निर्माण गरेको छ ।