विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि नेपालमा पनि लकडाउन लगाईएपछि अहिले धेरै जसोको दिनचर्या ईन्टरनेटमा बित्ने गरेको छ । लकडाउन लगाईएपछि घर बाहिर निस्कन रोक लगाइएका कारणले मानिसहरु घर भित्रै बिभिन्न सामाजिक संजाल मार्फत आफ्ना धारणा राखिरहेका छन ।
यसैबिच नेपालका चर्चित हास्य कलाकार एवम अभिनेता दिपकराज गिरी पनि पछिल्लो समय फेसबुकमा निकै सक्रिय भएका छन । उनी कोरोना रोगबाट बच्नको लागि लगाईएको लकडाउनको समर्थन गर्दै हास्यव्यङ्ग शैलीमा सबैलाई लकडाउन पालना गर्न आग्रह गरिरहेका छन ।
नेपालमा लकडाउनको दोस्रो दिन चलिरहदा सम्म दिपक राज गिरीले आधा दर्जन फेसबुक पोष्ट गरेका छन । जसमद्ये अधिकान्समा उनले कोरोना भाईरसकाबाट बच्नको लागि लकडाउनको समर्थन गरेर सबैलाई यसको पालना गर्न अनुरोध गरेका छन ।
उनले फेसबुकमा पोष्ट गर्दै अन्य देशले अरु कुरामा रेकर्ड राखेपनि हामीले हाम्रो देश कोरानालाइ पूर्ण रूपले परास्त गर्ने देश भनेर रेकर्ड राखौ भनेर आग्रह गरेका छन । उनले यो रेकर्ड राख्नका लागि घरमै बसे पुग्ने उपाय समेत बताएका छन । उनी लेख्छन ‘अन्य देशहरू कोहि चन्द्रमा मा पुगे, कोहि मंगल ग्रहमा पुगे, कोहि बिश्वकप जितेर, रेकर्ड राखें ..आउनुस हाम्रो देश कोरानालाइ पूर्ण रूपले परास्त गर्ने देश भनेर रेकर्ड राखौ .. .यस्को लागि केहि गर्नु पर्दैन , घरमै बसे पुग्छ !!!’
उनले हास्यव्यङ्ग शैलीमा फेसबुकमा पोष्ट गरेका सन्देशमा बाहिर गएर मर्नु भन्दा घर भित्र बहुलाउनु राम्रो भनेका छन । ‘ हजूरबुबाहरू भन्नु हुन्थ्यो मर्नु भन्दा बहुलाउनु राम्रो, किन भन्या रहेछ आज था भो, बाहिर गएर मर्नु भन्दा घरमै बसेर बहुलाउनु राम्रो’
उनले आफ्ना पोष्ट मार्फत घरमै बसेर शारिरीक व्यायाम, योगा गर्न पनि सुझाव दिएका छन ।