अत्तरिया - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले देशभर एक साता ‘लकडाउन’ गरेको छ ।
मंगलबार देखि लागु हुने गरी गरिएकम लकडाउनको आज दोस्रो दिन आज पनि पुरै बजार क्षेत्र सुनसान बनेका छन् । अन्य दिन बिहानैवाट चहलपहल सुरु हुने सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरु लकडाउन लागू भएपछि सुनसान बनेका छन् ।
हिजो बिहान केही मानिसहरु सडकमा आएपनि आज भने बजार क्षेत्रमा सुरक्षाकर्मी बाहेक अरु कोही नहुदा बिहानैवाट बजार क्षेत्र पुरै सुनसान बनेका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया , धनगढी सहित महेन्द्रनगर , डडेल्घुरा , डोटी , बैतडीका मुख्य मुख्य बजारहरु सुनसा नबनेका हुन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले आज थप कडाईका साथ बिभिन्न ठाउँमा सुरक्षाकर्मीहरु परिचालन गरिएको बताए ।
उनले हिजो देखी नै बजार क्षेत्रमा मानिसहरुको चहलपहल ह्रवात्तै घटेको बताए । उनले सर्वसाधारणलाई अति आवश्यक बाहेक अन्य समय घर बाहिर ननिस्कन आग्रह गर्दै आज थप कडाइ गरिएको बताए ।
यस्तै उनले सरकारको निर्णको पालना नगर्नेलाई कारबाही समेत गरिरहेको बताए । विश्वभरि कोरोना भाइरस ९कोभिड–१९० फैलिएपछि नेपाल सरकारले सम्भावित जोखिमवाट बच्नका लागि ११ गते बिहान ६ बजेदेखी १८ गते बिहान ६ बजे सम्मका लागि देशभर लकडाउन गरेको हो ।
नेपालको इतिहासमा पहिलो पटक सङ्क्रामक रोग ऐन, २०२० कार्यान्वयन गरी देशभर लकडाउन गरेको पहिलो पटक हो । साथै सरकारले यो संकटको बेला आफु पनि बच्न र अरुलाई पनि बचाउनका लागि अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्केर सरकारी निर्णको पालना गर्न सबैमा आग्रह गरेको छ ।