डडेल्घुरा – जिल्लामा असिना पानीले करोडौको क्षती भएको छ । अजयमेरु गाउँपालिकाका विभिन्न ठाउँमा गत बैशाख ८ गते पानी संगै परेको असिनाले थिचेर बालीनालीमा करोडौँको क्षति भएको हो ।
असिनाले थिचेका बाली काटेर किसानहरु गाईगोरुलाई खुवाउन बाध्य छन । गाउँपालिकाको–१, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बचकोट, चुल्लेक लगायत आधा दर्जन गाउँमा असिना पानीले गहुँ, जौ, लगायत फलफूल र तरकारी वाली पुर्ण रुपमा नष्ट भएको छ । वारीमा लगाएको सबै प्रकारका अन्न तथा तरकारीवालीमा क्षति पुगेको खतेडाका स्थानिय किसान धर्मानन्द भट्टले बताए । भित्रयाउनै लागेको गहु वाली पुर्ण रुपमा नष्ट भएपछि भोकमरी हुने भन्दै स्थानिय वासीन्दा गणेश पाण्डेले चिन्ता व्यक्त गरेका छन ।
अजयमेरु गाउँपालिकाको लेकाली गाउँमा गहु प्रमुख खाध्यवालीका रुपमा रहेको वताउँदै पाण्डेयले भने खेतवारीमा गहुवाली पुर्ण रुपमा नष्ट हुँदा अव के खाने भन्ने पिरले सताएको छ । असिना पानीले भएको क्षतीको अनुगमन गरेर विवरण लिने काम भईरहेको र क्षतीपुर्तीका लागि कार्यपालीकाको वैठकवाट निर्णय लिने अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भटटले बताए ।
यस्तै गाउँपालिका उपाध्यक्ष कलावती भाडको नेतृत्वमा गएको गाउँपालिकाको टोली असिना पानीले क्षती गरेको स्थानमा अनुगमन गरेको छ । अनुगमन पश्चात क्षतीको विवरण लिने काम भईरहेको र छिट्टै रातह उप्लव्ध गराउने उपाध्यक्ष भाडले किसानलाई आश्वासन दिएकी छन ।
असिना पानीवाट क्षती भएका स्थानीय किसानलाई भोकमरीको चपेटामा पर्न नदिने बताउँदै अध्यक्ष भट्टले क्षतीको आधारमा सक्दो सहयोग गर्ने धारणा राखे । करिव ४५ वर्ष पछि यति ठूलो असिना पानी परेको स्थानिय वासीन्दाले बताए । असिना पानीकै कारण सोही दिन एक वाख्रा मरेको र केही गाईगोरु घाईते भएका स्थानियले वताएका छन ।