भिम विक / खक्रौला – भारतसंग सीमा जोडिएको टिकापुर नगरपालिका ९ मा घरघरमै गएर साबुन वितरण गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैदिदै गएको कोरोना भाईसर अर्थात कोभिड – १९ को संक्रमण विरुद्ध जनचेतना जगाउन सोमबार वडा नम्बर ९ का बिभिन्न गाउ“मा हातधुने बानीको विकास गराउन माईक मार्फत सचेतना फैलाउदै साबुन वितरण गरिएको हो ।
वडा नम्बर ९ को आयोजनामा भएको सावुन वितरण तथा सचेतना कार्यक्रम मार्फत काोरोना भाईसरको संक्रमणबाट बच्न साबुन पानीले हात धुने तरिका सहित सचेतनामुलक सन्देश प्रवाह गरिएको वडा अध्यक्ष लौटन चौधरीले बताए । ‘कोराना संक्रमणबाट बच्नका लागि साबुन पानीको महत्व बुझाउंदै साबुन वितरण गरिएको हो ।’ अध्यक्ष चौधरीले भने – ‘वडाका सबै गाउँटोलमा २ हजार प्रति साबुन वितरण गर्ने लक्ष्य छ ।’ उनले गाउँका प्रत्येक चोक–चोकमा ट्यांकी र साबुन सहित हात धुने व्यवस्था मिलाइएको बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको हुनाले बांकी गाउँमा बडघर, चिराकी, मेलमिलापकर्ता, स्वयंसेविकाको सहयोगमा साबुन तथा सचेतनामुलक पर्चा वितरण गरिने वडाअध्यक्ष चौधरीले बताए ।
साबुन वितरणमा संलग्न कमला कोइरालाले सोमबार वडाका पायलगाउँ, खक्रौला , रोईनीबोझी, टांडागाउँ र झुंगाका गरी २ सय ८७ घर परिवारलाई ४ सय ओटा साबुन वितरण गरिएको बताईन् ।
पछिल्लो समय भारतबाट नेपालीहरु गाउँ छिरे पछि गाउँमा सन्त्रास फैलिएको देखिन्छ । ९ नम्बर वडा टीकापुर नगरपालिकाको सीमावर्ति वडा हो । उता टीकापुर नगरपालिका वडा नम्बर ८ ले पनि वडाका विभिन्न गाउँमा मास्क वितरण कार्य जारी राखेको छ । गत फागुन २४ गते देखि सीमावर्ति क्षेत्र खक्रौलामा स्वास्थ्यकर्मिले थर्मल स्क्यानरले जाँच पछि मात्रै नेपाल छिर्न दिएको छ ।