धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीमा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा पछि कैलालीका अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने छन । निषेधाज्ञा सोमबार २ बजेदेखि लागु हुनेछ । जिल्ला प्रशासनले आज एक सुचना जारी गरी निषेधाज्ञा अवज्ञा गरे कानुन बमोजिम कारवाहि गर्ने जनाएको छ ।
विश्वका धेरै मुलुमहरुमा महामारीको रुपमा विस्तार भैरहेको नेभल कोरेना भाईरसको संक्रममणको जोखिमबाट बच्नको लागि सचेतनामूलक र प्रवद्र्धनात्मक कार्यहरु गर्न आवश्यक भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्धारा हस्ताक्षरीत सुचनामा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने उल्लेख छ ।
निषेधाज्ञापछि अत्यावश्यक सेवाहरु भोजनालय, औषधी पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्यकेन्द्र सञ्चालन सम्बन्धी सेवा, हवार्यमार्ग यात्री वा मालसामान ओसारपोसार गर्ने ढुवानीका यातायात, सरकारी छापाखाना , सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा आदि जस्ता अत्यावश्यक सेवा सुचारु रहने छन ।
प्रशासन कार्यालयले सुचना मार्फत सबै प्रकारका भेला, सभा, सम्मेलन, सेमिनार, गाष्ठी लगायतका कार्यक्रम र भिडभाड नगर्न ÷नगराउन अनुरोध गरेको छ ।