अत्तरिया - कैलालीको अत्तरिया बसपार्क अहिले निकै भरिभराउ रहेको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना भाईरसको संक्रमण बढ्दै जान थालेपछि अहिले सुदूरपश्चिमेलीहरु आ आफ्नो गाउँघर तिर फर्किन थालेको छन् । भारतसंग सिमा जोडिएका सिमा नाकामा अहिले थेगिनसक्नु भिड रहेको छ ।
भारतका बिभिन्न सहरहरुवाट फर्किएका सुदूरपश्चिम प्रदेशको पाहाडी ७ जिल्लाका नागरिकहरु अहिले अत्तरिया बसपार्क हुदै आ आफ्नो गन्तब्य तर्फ गइरहेका छन् । यो बेला कोरोनाको जोखिम बढेको भन्दै अत्तरिया बसपार्क बिभिन्न सचेनता मूलक सन्देश लेखिएका पम्पेट , पोष्टर र मास्कहरु वितरण भैरहेको छ ।
आज बिहानै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले आफै बसहरुमा चढेर पाहाड तिर जादै गरेका यात्रुहरुलाई मास्क लगाइदिएका छन् । प्रहरी उपरिक्षक श्रेष्ठले बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसवाट आफुपनि बचौ र अरुलाई पनि बचाऔ भन्ने सन्देश दिदै प्रत्येक बसमा चढेर आफै मास्क लगाइ दिएका हुन् ।
उनले राजेन्द्र निर्माण सेवाको सहकार्यमा अत्तरियावाट बिभिन्न जिल्लाका लागि गइरहेका यात्रुहरुलाई २ सय थान मास्क वितरण गरिएको बताए । उनीसंगै राजेन्द्र निर्माण सेवाका निर्देशक लक्ष्मण साउँदले पनि यात्रुहरुलाई मास्क लगाइदिएका थिए ।
प्रहरी उपरिक्षक श्रेष्ठले अहिले विश्वका शक्तिशाली देशहरुमा पनि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस बाच्नका लागि यात्रा गर्दा वा बढि भिडभाड भएको ठाँउमा सम्बेदनशिल भएर मास्क लगाएर मात्रै हिड्न सुझाव सहित सबै यात्रुहरुलाई आफैले मास्क लगाइदिएको बताए । यस्तै उनले कुनै गाडीले बढि भाडा असुलेमा सिधै आफुहरुलाई खबर गर्न पनि आग्रह गरेका छन ।
कसैले बढि भाडा तिर्नुभएको छ उनले भने कसैले पनि एक रुपैया बढि भाडा तिरेमा हामी बसवालालाई कारबाही गछौ ,तपाईहरुलाई अर्कोमा पठाउछौ ल सबै मास्क लाएर हिड्नुहोस । उनले यो संकटको बेला एकले अर्कालाई सहयोग गर्ने बेला कसैले कसैलाई लुट्ने र ढाट्ने गरेको पाइएमा तुरुन्त कारबाही गरिने समेत बताए । उनले यसको अनुगमका लागि भने एक जना ट्राफिकलाई दिनभर बसपार्कमा खटाएको बताए ।