कपाललाई आकर्षक बनाउनका लागि आजकालका युवापुस्तामा कपाल रंगीन बनाउने अर्थात कलर गर्ने चलने छ । बजारमा अहिले एस ग्रे, वाइन ब्लू, पिङ्क, हनी ब्लोन्ड आदि विभिन्न प्रकारका हेयर कलरहरु चल्तीमा छन् । कपाललाई कलर गर्ने बारेमा सोच्नु भएको छ भने ,
यि कुराहरुमा विशेष ध्यान दिनु अनिवार्य छ ।
– सबैभन्दा पहिला आफ्नो कपालको लागि आफ्नो व्यक्तित्व तथा छाला अनुसारकै रंग (कलर) छनोट गर्नु पर्दछ ।
– कपालमा कलर लगाउनुभन्दा अघि आफ्नो कपाललाई कुन स्टाइलमा काट्ने भन्ने कुराको निर्णय गर्नु पर्छ ।
– कपालमा कलर गर्दा कपाललाई हानी नर्पुयाउने अथवा कपालललाई क्षति हुनबाट रोक्ने रंग प्रयोग गर्नु पर्छ ।
– यदि तपाईंले आफ्नो कपाललाई रंग्याउने निर्णय गरिसक्नु भएको छ भने कम्तिमा एक महिना अघिदेखि आफ्नो कपालमा कुनै प्रकारको मेहन्दी तथा अन्य गुणस्तरहीन रंगहरु प्रयोग गर्नु हुँदैन ।
– आफ्नो कपालमा कलर गर्नु भन्दा ठिक एक दिनअघि कपालमा तेल,मसाज गर्नु पर्छ ।
– कपालमा कलर गरिसकेपछि कपालको विशेष स्याहार गर्नुपर्छ ।
– कपालमा रंग लगाएको कम्तिमा ४८ घन्टासम्म स्याम्पु प्रयोग गर्नु हुँदैन ।
– कपालको रंग छिटो जान नदिनका लागि आइरन, ड्रायर, रड, जस्ता विद्युतीय सामग्रीहरुको प्रयोग कम गर्नु पर्छ ।
– रंग लगाइएको कपालमा सकेसम्म प्रत्येक हप्ता हेयर प्याक लगाउनुपर्छ ।