डडेल्घुरा -डडेल्धुराको गन्यापधुरा गाउँपालिका साहुखर्कमा भएको बस दुर्घटनामा परि मुत्यु हुनेको सख्या ६ पुगेको छ । ५ जनाको घटनास्थलमै मुत्यु भएको हो भने एक जनाको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
मृतक ६ जनाकै सनाखत भईसकेको छ । मृतक मध्ये ४ जना नेपाली छन् भने २ जना भारतीय रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घटनास्थलमै मुत्यु हुनेहरुमा बझाङको तल्कालेट गाउँपालिका वडा नम्वर ४ का ४४ बर्षीय धनवहादु घर्ती, केदारस्यू गाउँपालिका वडा नम्वर ५ का २५ बर्षीय नरेन्द्रगुरु धामी, ४० बर्षीय हरुली बोहरा ५५ बर्षीय कलसीगुरु धामी र भारतीय नागरिक महोमद नसिद रहेका छन । अर्का भारतीय नागरिक मोहमद गुल्जरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परि अन्य ३३ जना घाईते भएका छन् । उनिहरुकोे विभिन्न अस्पतालमा उपचार भईरहेको छ । अधिकासंको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने ५ जनालाई उपचारका लागि धनगढी पठाईएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
गम्भिर हुनेहरुमा गोदावरी नगरपालिका–१० का २० बर्षिय रमेश चौधरी ,थलरा–३ बझाङका ३३ बर्षिय धनबहादुर चौहान र मष्टा–१ का २२ वर्षीय विनोद थापा रहेको प्रहरीले जनाएको छ । धनगढीबाट बझाङ गईरहेको ना ६ ख १८३१ नम्बरको यात्रु बोकेको बस आज विहान पौने ५ बजे डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको थियो ।
घाइते हरुको बिबरण
घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, सोही नगरपालीका –३ का २४ वर्षीय नविन धामी, बैतडी सिगास–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, बझाङ थलारा गाँउपालीकाका ६० वर्षीय जयकला बोहरा, बझाङका १० वर्षीय सितल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङकै जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, ९ का ३५ वर्षीय धनसरा वड, बझाङ मष्टा–१ का २२ वर्षीय विनोद थापा, मष्टा–२ का १८ वर्षीय जीवन लुहार, मष्टा २ कै २२ बर्षिय धविन्द्र धामी , मष्टा–२ कै १८ वर्षीय सुनिल धामी , मष्टा–३ का ४७ वर्षीय रजन कामी सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया रहेका छन् ।
यस्तै अन्य घाइतेमा बझाङको छब्बीसपाथिभराका ५० वर्षीय मदनराज जोशी, केदारस्यू–५ का २५ वर्षीय बसन्त बोहरा , केदारस्यू–५ कै १९ वर्षीय मोहित धामी, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, ,सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बीसपाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, , बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त, , थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती, बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–३ बझाङका धनबहादुर चौहान, थलरा–१ की ४० वर्षीय देवा बोहरा, भारत विहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, सोही ठाउँका १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन रहेका छन् ।
घाइते ३४ जना मध्ये ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने गम्भिर घाइते भएका ४ जनालाई डडेल्धुरा उपक्षेत्रिय अस्पताल मा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रेफर गरिएको छ ।
बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ । ओभर लोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बस सहचालकले चलाएकोले दुर्घटना भएको यात्रुहरुको आरोप रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।