धनगढी – थाई खाना थाइल्याण्डको राष्ट्रिय खाना हो । यो विश्वभरमा प्रसिद्ध खाना मध्येमा पर्दछ । थाई शताब्दी पुराना पूर्वीया र पश्चिमी खानाको संयोजन गरेर बनाइएको नयाँ खाना हो । यस खानामा बास्नादार मसलाहरू, समुन्द्री माछा र वनस्पति तथा अन्य मासुजन्य परिकार रहने गर्दछन । थाई खाना तयार गर्दा बास्नादार तथा मसलादार तर हल्का किसिमले तयार गरिन्छ । तपाई पनि धनगढीमा थाई खानाका परिकार खान ईच्छुक हुनुहुन्छ भने धनगढी हसनपुरमा रहेको लेमन ग्रास रेष्टुरेन्टले तपाईको त्यो ईच्छालाई पुरा गर्ने छ ।
धनगढी हसनपुरको मुख्य चोकमा रहेको निसर्ग अस्पतालको अगाडी पट्टी केही दूरीमै अवस्थित छ, लेमन ग्रास रेष्टुरेन्ट । त्यहाँ नेपाली, थाई, चाइनिज, कम्टीनेन्टल परिकार पाईन्छ । तर, त्यहाँको विशेष भने थाई खाना र थाई परिकार हो । त्यहाँ पाइने थाई खानामा शुद्ध थाई मसलाको प्रयोग गरिन्छ । चिकन र मटन वाहेक थाई परिकारमा प्रयोग हुने सामाग्री र मरमसला थाईल्याण्डकै वैंककबाट ल्याउने गरिएको छ । काठमाण्डौंमा रहेको एक डिर्पाटमेन्ट स्टोर मार्फत वैंककबाट काठमाण्डौं हुँदै धनगढी सम्म थाई परिकारकार सरसामान र मरमसलाहरु ल्याईने गरिएको छ ।
थाई नुडल्स, सिई फुड, थाई सुप, थाई सलाद, चिकन सातेहरु, टेण्डर कोकोनट, बरमिज खाउस्वाई, तेरियाकी चिकेन, बर्न चिली गार्लिक फ्राइ राईस, पोर्क रिब्स आदिका थाई परिकारहरुको स्वाद लेमन ग्रास रेष्टुरेण्टमा लिन पाईन्छ । लेमन ग्रास रेष्टुरेण्ट दुई बर्ष अगाडी खोलिएको हो । भारत हुँदै दुवई र थाईल्याण्डमा थाई फुडको काम गरेपछि घर फर्किएर आफ्नै देशमा केही गर्ने सोचका साथ भुपेश भण्डारीले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । थाई फुडलाई संसारकै स्वस्थ खानाका कोटीमा राखिन्छ । ‘नुन हाल्नु पर्नेमा फिस सस, तेल हालेर पकाउने खानालाई पानी राखेर थाई खानामा विशेष स्वाद दिन सकिन्छ । खाना स्वादिलो बनाउन तेल, मसला, नुन, टेस्टिङ पाउडर नै प्रयोग गर्नुपर्छ भन्ने छैन ।’ सञ्चालक भण्डारी भन्छन्– ‘थाई फुडमा मसलाको सट्टा विभिन्न किसिमका जडीबुटी प्रयोग गरिने भएकाले खाना विशेष स्वादिला र शक्तिवद्र्धक हुन्छ ।’
धनगढीमा भण्डारीले थाई रेष्टुरेन्ट खोल्नुको कारण रहर नै रहको बताए । ‘१० वर्षसम्म काठमाण्डौं, मुम्बई, दुवई र वैंककमा सिकेको सीपलाई आफ्नै ठाउँमा गरेर जम्ने सपना थियो ।’ भण्डारीले भने ‘अहिले सम्म त्यो सपना भने पुरा हुन सकेको छैन् ।’
उनले जेनतन रेष्टुरेन्टको खर्च धानिरहेको बताए । ‘१० बर्ष अघि घुम्ने रहरले मुम्बई पुगेका थिए त्यहाँ आधा महिना वसेपछि उतै काम गर्ने ईच्छा जाग्यो र कनेक्सन होटलमा वार टेण्डरको काम गरे ।’ उनले भने ‘४ बर्षसम्म त्यहाँ काम गरेपछि थाई कलेक्सनकै आधारमा दुवई गए । थाई कनेक्सनमा त्यहाँ पनि ३ बर्षसम्म काम गरे ।’ उनले दुवैबाट आएर पनि काठमाण्डौं रोयल थाईमा ३ बर्ष काम गरेको बताए ।
त्यसैक्रममा थाईल्याण्ड जाने अवसर पाएका भण्डारी नौ महिनाको थाईल्याण्ड वसाईलाई राम्रैसँग सदुपयोग गरे काममा पोख्त भएर फर्किएका थिए । थाईल्याण्डबाट फर्किएर महेन्द्रनगरमा थाई रेष्टुरेन्ट सञ्चालन गरेका थिए । त्यहाँ डेढ बर्षसम्म जेनतेन गरेर रेष्टुरेन्ट चलाए पनि त्यसपछि उनी धनगढीमा आएका हुन । ‘अहिले धनगढीमा महेन्द्रनगर जति संचालन गर्न गारो त छैन् तर भने अनुसार चलेको पनि छैन’ भुपेश भन्छन् ।