डडेल्धुरा – जिल्लाको अधीकांस स्थानीय तहमा अझै कर्मचारी अभाव कायमै छ । जिल्लाको अमरगढी नगरपालिका, परशुराम नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा, अजयमेरु, र भागेश्वर गाउँपालिकामा अझै कर्मचारीको अभाव हो । जिल्लामा रहेका स्थानिय तहमा तोकिएको दरबन्दी भन्दा कम कर्मचारी रहेका छन । पछिल्लो तिन वर्षको अवधिमा अमरगढी नगरपालिकामा वडा कार्यालय, कृषी शाखा तथा अन्य प्रबिधीक कर्मचारीहरु अपुग रहेको नगरपालिका प्रमुख बिशेश्वर प्रसाद ओझाले बताए ।
यस्तै परशुराम नगरपालिकामा पनी ६५ जना कर्मचारीको दरवन्दी रहेकोमा अहिले ८ जना कर्मचारीले मात्र सेवा प्रवाह गरीरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत तारानाथ पनेरुले जानकारी दिए । कर्मचारी अभाब हुदा कृषि शिक्षा स्वास्थ्य र बिषेगरी पन्जीकरणको काममा समस्या भएको उनले बताए ।
उता आलीताल गाउँपालिकामा भने केहि कर्मचारी बाहेका सम्र्पुण कर्मचारीहरु पुगीसकेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नाले बताए । जिल्लाको भागेश्वर गाउँपालिकामा पनि अझै ७ जना कर्मचारीहरुको अभाव रहेको गाउँपालिकाका प्रशाशकिय अधिकृत हर्ष बहादुर रोक्काले जानकारी दिए । गाउँपालिकामा बिशेष गरी पञ्जीकरणका कर्मचारी नहुँदा समस्या भएको उनले बताए ।
उता नवदुर्गा गाउँपालिकामा पनि कृषि शाखामा कर्मचारी आभाव रहेको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत सिद्धराज शर्माले जानकारी दिए । कृषि शाखामा ३ जना कर्मचारीको दरबन्दी भएपनि अहिले १ जना कर्मचारीले मात्रै सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए । जिल्लाको गन्यापधुरा गाउँपालिकामा पनि कर्मचारी दरबन्दी संख्या २९ जनाको भएपनि अहिले २२ जना मात्र रहेका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार तामाङले बताए । गाउँपालिकामा अहिले पनि पशु र कृषि शाखामा कर्मचारी अभाव रहेको उनको भनाइ छ ।
यस्तै अजयमेरु गाउँपालिकामा पनि शिक्षा शाखा तथा लेखामा कर्मचारी अभाव रहेका गाउँपालिका अध्यक्ष उमेश भट्ट बिकासले जानकारी दिएका छन । नागरिकले छिटो–छरीतो सेवा सुविधा पाउन भनेर सरकारले कर्मचारी समायोजन गरेको भएपनि लामो समय सम्म पनि डडेल्धुराका स्थानिय तहमा कर्मचारी पुग्न सकेका छैनन् ।