अत्तरिया- कैलालको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको बनदेवी युवा क्लबको आयोजनामा आज देखी प्रथम बिवाई सि मेयर कप सुरु भएको छ । राष्ट्रिय स्तरकै फुटबल प्रतियोगिताको आज एक भब्य समारोहका गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन संगै भएको आजको पहिलो खेलमा लम्की चुहा नगरपालिकाले बिजयी सुरुवात गरेको छ । लम्की चुहा नगरपालिका र गोदावरी नगरपालिकाको टिम बि बिच भएको खेलमा ट्राइबेकर मार्फत ५–३ गोलले पराजित गर्दै लम्की चुहा नगरपालिकाले बिजयी सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएको थियो ।
खेल अबधिभर आफ्नो टिमलाई जिताउन महत्बपुर्ण भुमिका खेलेका लम्की चुहा नगरपालिका गोल किपर कमल शाही म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि म्याच भएसंगै उनले नगद ३ हजार हात पारे । पराजित भएसंगै गोदावरी नगरपालिकाको टिम बि खेलवाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेलहरु हुनेभएका छन् ।
पहिलो खेल भोली दिउसो साढे २ बजे घोडाघोडी नगरपालिका सुखड र पुर्नवास नगरपालिका कञ्चनपुर बिच हुनेछ भने साझ ४ बजे गोदावरी नगरपालिकाको टिम ए र भजनी नगरपालिका भजनी बिच हुने प्रतिायोगिताका संयोजक एबम् आयोजक बनदेवी युवा क्लबका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिए । प्रतियोगितामा देशैभरका विभिन्न गाउपालिका ,नगरपालिका र उपमहानगरपालिकाहरु गरी १० टिमले सहभागीता जनाएका छन् ।
१८ गतेसम्म संञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले रु ३ लाख नगद सहित मेडल , ट्राफि र प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले रु १ लाख ५० हजार नगद सहित मेडल , ट्राफि र प्रमाण पत्र प्राप्त गर्नेछ । बनदेवी युवा क्लबका अध्यक्ष शुसन जोशीको सभापत्विमा सुरु भएको उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिका नगरप्रमुख हरि सिंह साउद प्रमुख अतिथी रहनुभएको थियो ।
यस्तै कार्यक्रममा गोदावरी नगरपालिका २ का वडाअध्यक्ष कृष्णराज जोशी र जिल्ला बन कार्यालय डोटीका बन अधिकृत सुरेश चन्द्र डिसी बिशिष्ट अतिथी रहनुभएको थियो । बनदेवी युवा क्लबका सचिब दिर्घराज भट्टले स्वागत गर्नुभएको कार्यक्रमको संचालन पत्रकार हेमराज भट्टले गर्नुभएको थियो ।