धनगढी -प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा हार व्यहोर्दै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ प्रतियोगिताबाट बाहिरिएका छन् । दुवै टोली लगातार दुई खेलमा हार व्यहोर्दै बाहिरिएका हुन् । प्रदेश ४ सँग ५६ रनको अन्तरले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश ५ को यो लगातार दोश्रो हार हो।
यसअघि भएको खेलमा प्रदेश १ सँग ५ रनले पराजित भएको थियो। टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकी प्रदेशले निधारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन बनायो। उसका लागि किशोर महतोले सर्वाधिक १९ रन, विधान श्रेष्ठले १८ रन, मन्जिल न्यौपानेले अविजित १५ रन र सन्तोष न्यौपानेले १३ रन बनाए । गण्डकी प्रदेशका लागि रुपेश कुर्मी र कृष्ण कार्कीले समान २÷२ विकेट लिए । कप्तान सन्दिप सुनार र सिद्धान्त राजको नाममा १÷१ विकेट रह्यो। कर्णाली प्रदेशले दिएको ८७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश ५ ले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ३० रन मात्रै बनाउन सक्यो ।
उसलाई सस्तैमा समेट्न प्रदेश ४ का बलर विपिन खत्रीले ५ विकेट लिए । ४ ओभर बलिंग गर्दै १ मेडन राखेका उनले ७ रन मात्रै खर्चिंए । राजु गुरुङले २ विकेट लिए । प्रदेश ५ का लागि ८ नम्बरमा आएका बिक्रम भुसालले सर्वाधिक ८ रन बनाए। प्रतियोगितामा सातै प्रदेशका टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा प्रदेश गण्डकी प्रदेश सहित प्रदेश नम्बर १, ३, र ५ रहेका छन् । प्रदेश नम्बर १ ले हिजोको पहिलो खेलमा जित निकालेको छ ।
आज नै भएको दोस्रो खेलमा पनि हार व्यहोर्दै कर्णाली प्रदेश पनि प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली प्रदेश प्रदेश नम्बर २ सँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिले व्याटिङ गर्दै कर्णाली प्रदेशले १९ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो ।
सो पारीमा रविन्द्रजंग शाहीले २८ रन बनाउनु बाहेक अरुले दोहोरो रन अंक बनाउन सकेनन् । प्रदेश नम्बर २ का लागि समसाद सेखले ३ विकेट लिए । सुनिल मिश्र र दिभेन्सु मल्लिकले दुई दुई विकेट लिए ।
६९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले १४ दशमलव १ ओभरमा २ विकेट क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि सुधिर चौधरीले सर्वाधिक ३७ रन बनाए । विशाल सुस्लिङ र हसिम अन्सारीले १४÷१४ रन बनाए । कर्णाली प्रदेशका लागि दिवन पुनले एक विकेट लिए ।
समुह बि मा सुदुरपश्चिम कर्णाली प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । यो समुहबाट भने सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनल पुगेका छन् । समुहको विजेता र उपविजेताको टुङगो भने दुवै बीचको खेलपछि लाग्नेछ ।