अत्तरिया – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुवदीले जनताबाट चुनिएका हामी गलत बाटोमा हिंडे कान समातेर सहि बाटोमा ल्याउने अधिकार जनतासंग भएको बताएका छन् । उनले जनताको मतबाट आफू मन्त्री भएकाले आफू पनि गलत बाटोमा हिडे कान समातेर समाजका अगाडी ल्याउने अधिकार पनि जनताको भएको बताएका छन ।
सोमबार कैलालीको गोदावरी नगरपालिका १० खमौरामा रहेको घण्टेश्वर आधारभूत विद्यालय भवनको शिलान्यास गर्दै मन्त्री सुवेदीले उक्त कुरा बताएका हुन ।
‘तपाईले मलाई भोट दिएर पठाएको हो । तपाई संग मेरो कान समातेर सामाजका सामुन्ने ल्याउन सक्ने अधिकार छ । तपाईले मत दिएर म मन्त्री भएको हो त्यस्तै भएको होईन ।’ मन्त्री सुवेदीले भने – ‘पहिलो अधिकार यो क्षेत्रका जनताको छ । मेरा कमि कमजोरी छन भने तपाईले सुधार्ने मौका दिनु पर्छ । कमजोरी छन भने सम्भाईदिनु पर्छ । म तपाईले भन्दा भन्दै पनि सच्चिएन भने म आफै खाल्डामा जान्छु । यो सबै अधिकार तपाई जनता संग छ ।’
उनले जनताको काम भोट हालेर मात्रै नसकिने भएकाले आफूले जिताएका जनप्रतिनिधिले के कस्तो काम गरेका छन भनेर सचेत गराउने काम पनि जनताको भएको बताए । मन्त्री सुवेदीले भने ‘हामी सबै जनप्रतिनिधि जनताले पठाएका हौ । तपाई यो मन्त्री भएको छ के भन्ने होला, मेयर भएको छ के भन्ने होला, वडा अध्यक्ष भएको छ के भन्ने होला भनेर नसोच्नु होला । हामीबाट कमजोरी भएका छन भने सुधार्नुस भन्नु होला । तपाईले भोट हाल्नु भो छाडिदिनु भो भने कसरी हुन्छ ।’
उनले जुनसुकै बिकास योजना भएपनि जनताले पनि जागरुक भएर त्यसको खवरदारी गर्नु पर्ने बताए । मन्त्री सुवेदीले गाउँमा उपभोत्ता समिति गठन गर्ने कागजमा मिलाउने, काम भएका छन भने आफूलाई सिधै फोन गर्न समेत आग्रह गरे ।
उनले विद्यालयको विकासका लागि स्थानिय नै जागरुप हुनुपर्ने बताउँदै बाहिरबाट सहयोग आएर मात्रै नहुने भएकाले त्यसको रेखदेख र संञ्चालन गर्न स्थानियको अग्रसर हुनुपर्ने बताए ।
कैलालीको खमौरामा विद्यालय भवनको शिलान्यास