डोटी - सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले डोटी जनताका बिचका गरिएको प्रतिबद्धता पुरा गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । डोटीको शैलेश्वरी मन्दिरमा अथिती आवासगृह भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले जनताका बिचमा गरेका बाचा तथा सार्बजनिक महत्वका योजना निर्माणका काममा प्रदेश सरकार लागि रहेको बताए । उनले शैलेश्वरी मन्दिर खप्तड क्षेत्रको मूख्य प्रबेशको मूख्यद्वार रहेको बताए ।
मन्दिरमा गुणस्तरीय काम गरेमा रकमको अभाब नहुने बताउदै मूख्यमन्त्री भट्टले सन्तमहन्तहरू बस्नका लागि भनेर प्रदेश सरकारले उक्त भवनको निर्माणका लागि ३० लाख सहयोग गरेको बताए । प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा पार्क सहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै बर्ष देखी सुरू हुने मूख्यमन्त्री भट्टले उद्धघोष गरे । साथै शैलेश्वरी मन्दिरको बिकासका लागि बाकि ५० लाख रकम बजेट पनि छुटाउने उनले प्रतिबद्धता जनाए ।
सो कार्यक्रममा मूख्यमन्त्री भट्टलाई शैलेश्वरी क्षेत्र बिकास समिति डोटीले अभिनन्दन गरेको छ । डोटीको प्रसिद्ध शक्तिपिठका रूपमा रहेको शैलेश्वरी क्षेत्रको बिकास तथा प्रबर्द्धनका लागि महत्त्वपूर्ण योग्दान गरेको भन्दै अभिनन्दन कार्यक्रम गरिएको शैलेश्वरी क्षेत्र बिकास समितीका अध्यक्ष प्रेम शंकर भट्टले बताए ।
सोही कार्यक्रममा सहभागी दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासीले कम्युष्टिहरुले मन्दिर भत्काउने भन्ने गलत प्रचार स्थानियमा गएकाले मन्दिर जस्ता पबित्र ठाउ संरक्षण , संम्बद्धन र बिकासका लागि नगरपालिका पनि सधै तयार रहेको बताए ।
कार्यक्रममा डोटी बहुमुखि क्याम्पस डोटीका प्रमुख कृष्ण कठायत , नेपाल कम्युनिष्ट पार्टीका सुदुरपश्चिम प्रदेस सदस्य नारद मलासी , स्थानिय समाजसेवी , बुद्धिजिवी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।