अत्तरिया - कैलालीको अत्तरियामा भोली (मङ्गलवार )देखी सुरु हुने प्रथम बि वाई सि मेयर कप २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक वनदेवि युवा क्लवले आज धनगढीको होटल डिभोटीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
गोदावरी नगरपालिकालाई फुटवलको शहरको रुपमा देशव्यापि रुपमा परिचित गराउने , युवाहरुलाई खेलतर्फ उत्प्रेरित गराउने र राष्ट्यि तथा अन्र्तराष्ट्यि खेलाडि उत्पादन गर्ने उद्येश्य साथ आयोजना भैरहेको प्रतियोगिता यहि बैशाख १० गतेदेखी १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको भोली दिउसो २ बजे एक भब्य समारोहका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक वनदेवि युवा क्लवका उपाध्यक्ष एबम् खेल संयोजक प्रकाश शाहीले जानकारी दिए ।
गोदावरी नगरपालिका मुख्य प्रायोजक रहेको सो प्रतियोगिताको अनुमानित लागत २० लाख १५ हजार २ रुपैया रहने उनले बताए । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख १ रुपैया सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने पाउने छ भने उपविजेता हुने टिमले १ लाख ५० हजार १ रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ ।
यसैगरि प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले १५ हजार प्रप्त गर्नेछ भने प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्टईकर, सर्वा्धिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १० , १० हजार प्रदान गरिने छ । साथै प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई जनहि ३ हजार रुपैया प्रदान गरिने खेल संयोजक शाहिले जानकारी दिए ।
प्रतियोगितामा कैलाली कंचनपुर सहित देशैभरका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका टिमहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा सुनौल नगरपालिका नवलपरासी , तुलसीपुर उप महानगरपालिका दाङ, खजुरा गाउपालिका बाके , लम्की चुहा नगरपालिका लम्की , घोडाघोडी नगरपालिका सुखड , भजनी नगरपालिका कैलाली , धनगढी उपमहानगरपालिका धनगढी , पुर्नवास नगरपालिका कञ्चनपुर र गोदावरी नगरपालिका अत्तरिया गरी जम्मा १० टिमले सहभागिता जनाउने भएका छन् ।
प्रत्येक सहभागि हुने टिमहरुले आफ्नै पालिका भित्रका अनिवार्य रुपमा ८ जना खेलाडि र ३ जना पालिका बाहिर वा विदेशि खेलाडि राख्न पाउने ब्यबस्था गरेको खेल संयोजक प्रकाश शाहीले जानकारी दिए । उनले खेल एन्फा तथा फिफाको नियम अनुसार नै खेलाईने बताए ।
भोलीदेखी सुरु हुने प्रतियोगितामा निरन्तर सहभागीता जनाई खेलको शोभा बढाइदिन सम्पुर्ण खेलप्रेमीहरुलाई आयोजकले आग्रह गरेको छ । गोदावरी नगरपालिका वडा नं २ मा रहेको यस क्षेत्रकै पुरानो क्लबका रुपमा रहेको वनदेबी युवा क्लवले यस अघि सुदुरपश्चिमकै सर्वा्धिक धनराशि पुरुस्कार भएको बि वाई सि कप फुटवल प्रतियोगिता समेत सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।