अत्तरिया - सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अत्तरियामा रहेको शारिरिक रुपमा अपाङगता भएका बालबालिकाहरु आवासिय रुपमा अध्यनरत सु.प समाबेशी बिधालयलाई प्रदेशकै नमुना बिधालय बनाइने बताउनुभएको छ । समाजिक विकास मन्त्रालयको सहयोगमा बिधालयमा निर्माण गरिएको २ काठे पक्की भवनको आज उद्घाटन गर्दै मन्त्री सुबेदीले यस्तो बताउनुभएको हो ।
शारिरिक रुपमा अपाङगता भएपनि मानसिक रुपमा थुप्रै क्षमता भएका सुदूरपश्चिमभरिका बालबालिकाहरुलाई खान , बस्न र पढ्न मिल्ने गरी सु.प समाबेशी बिधालयलाई पहिलो र नमुना बिधालय बनाउने प्रदेश सरकार र त्यसमा पनि सामाजिक विकास मन्त्रालयको योजना नै रहेको उनले बताए । उनले यसका लागि सबैको साथ , सहयोग र सकारात्म भूमिका हुनुपर्ने बताए ।
'म यसैक्षेत्रको जनप्रतिनिधि हु , मैले यँहाका धेरै समस्याहरुलाई नजिकवाट देखेको छु र धेरै भनिरहनुपनि पदैन' उनले भने - 'गत बर्ष हामीसंग थोरै बजेट थियो , ५ लाख रुपैयामा मात्रै छुट्याएका थियौ त्यो यहाँ पठाइसकेका छौ ।'प्रदेश भरिका असहाय , अनाथ एबम् अपाङता भएका बालबालिकाहरुको शिक्षा , स्वास्थ्यका लागि भनेर यस बर्ष मन्त्रालयवाट १ करोड रुपैया बजेट छुट्याएको बताउदै मन्त्री सुबेदीले त्यसका लागि अहिले सम्म उचित ठाँउ नपाउदा समस्या भएको बताए ।
'बजेट त छुटयौ तर अहिले सम्म हामीले त्यस्तो उचित ठाँउ पाएका छैनौ' उनले भने - 'अब यो सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको ठाँउमा रहेको सु.प समाबेशी बिधालयलाई नै उचित ठाँउ बनाएर अगाढी बढ्दा कस्तो हुन्छ भन्ने तर्फ बिषेश गरी सामाजिक विकास मन्त्रालयको ध्यान गइरहेको छ । उनले जग्गाको उपलब्धीका लागि केहि कानुनी समस्या भइरहेको बताए । यद्धपी सबैको सकारात्मक सहयोग पाइएमा सो बिधालयलाई चाडै नमुना बिधालयका रुपमा विकास हुनेमा उनले विश्वास ब्यक्त गरे ।
साथै मन्त्री सुबेदीले मानसिक सन्तुलन गुमाएका , घरपरिवारवाट बिछोडीएका अनाथ असहाय , शारिरिक रुपमा अपाङ्गता भएका कुनै पनि ब्यक्तिले सडकमा अलपत्र नहुन उनीहरुले पनि सम्मानपूर्वक बाच्न पाउन भन्ने चहाना सामाजिक विकास मन्त्रालयको रहेको बताए । यसका लागि पनि आफुले काम गरिरहेको उनको भनाई छ । बिधालय ब्यबस्थापन समितीका निर्वतमान अध्यक्ष मनि साउँदको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री सुबेदी प्रमुख अतिथी रहनुभएको थियो भने गोदावरी नगरकार्यपालिका सदस्य ईश्वरा आर्चाय बिशिष्ट अतिथी रहनुभएको थियो ।
समाजिक विकास मन्त्रालयको सहयोगमा बिधालयमा परिसरमा निर्माण गरिएको २ काठे भूकम्प प्रतिरोधात्मक पक्की भवनको रिवन काटेर मन्त्री सुबेदीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बिधालयलाई निरन्तरमा सहयोग गर्दै आएका ब्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । बिधालयका प्रध्यानाध्यापक देवी साँउदको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन बिधालयका संस्थापक मान बहादुर साँउदले गरेका थिए ।