धनगढी -सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार ७७ जिल्लामा अध्यक्ष र सचिवको नाम सार्बजनिक गरेको छ । एकता सुरु भएको एघार महिनापछि नेकपाले जिल्ला तहको नेतृत्व टुंग्याएको हो । सोमबार नेकपाको ७०औँ पार्टी स्थापना दिवसको अबसर पारेर नेतृत्वको नाम सार्बजनिक गरेको हो । यो सँगै सुदुरपश्चिम प्रदेशका ९ जिल्लाको नेतृत्वको पनि टुङो लागेको छ ।
९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ। तत्कालिन एमालेबाट जिल्ला अध्यक्ष भए माओवादीबाट सचिव बनाइएको छ भने माओवादीबाट जिल्ला अध्यक्ष भए एमालेबाट सचिव बनाईएको छ। कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन् भने कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ । कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईने भएको छ ।
तत्कालिन एमालेका अध्यक्ष दिर्घ सोडारी कार्बाहीमा परेपछि थापाले जिम्मेवारी पाएका छन् ।यस्तै कञ्चनपुरमा तत्कालिन माओवादीका विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल,दार्चुलामा गणेश खत्री, बझाङमा मिनवहादुर थापाले अध्यक्षको जिम्मेवारी पाएका छन । त्यस्तै तकालिन एमालेबाट बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाहीलाई अध्यक्षको जिम्मेवारी दिईएको छ ।
सचिबमा कैलाली लालवहादुर सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा शैलेन्द्र विक, अछाममा झपट साउँद, बाजुरामा भरतवहादुर बुढा, डडेल्धुरामा तारा जोशी, बैतडीमा प्रेम प्रकाश भट्ट, दार्चुलामा रामदत्त जोशी र बझाङमा दिलवहादुर सिंहले जिम्मेवारी पाएका छन् । तारालामा तामाङ,शेरबहादुर कुवँर ,प्रेम प्रकाश भट्ट र रतन थापा सुदुरपश्चिम प्रदेश सभाका सांसद रहेका छन् । यो प्रदेशबाट दुई सांसदले जिल्ला अध्यक्ष पाएका छन् भने अरु दुई सांसदले सचिबको जिम्मेवारी पाएका छन् ।