अत्तरिया – कोरोना भाईरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेकाले बेला नेपाल पनि अहिले यसको उच्च जोखिममा रहेको छ । संसारका एक सय २४ देशमा फैलिसके कोरोना भाईरस फैलिसकेको छ । नेपालमा पनि अहिले सम्म एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोना भाईरसको उच्च जोखिममा रहेको नेपालमा कोराना भित्रन नदिन अहिले उच्च सतर्कका अपनाईएको छ ।
सुदूरपश्चिम प्रदेशमा पनि अहिले कोरोना भित्रिन नदिन सीमा नाका र विमानस्थलमा उच्च सतकता अपनाईएको छ । प्रदेश सरकार र स्थानिय तहहरुले कोरोना भाईरस भित्रिन सक्ने नाकाहरुमा हेल्थ डेस्क स्थापन गरेका छन ।
यसैबिच सुदूरपश्चिम प्रदेश सरकारले हेल्थ डेस्कलाई व्यवस्थित बनाउन मार्गदर्शन बनाएको छ । सरकारले कोरोना भाईरस (कोभिड –१९) रोगको निगरानी तथा रोकथाम सम्बन्धी हेल्थ डेस्क संचालन मार्गदर्शन बनाएको हो ।
मागदर्शन मार्फत प्रदेश सरकारले हेल्थ डेस्कले गर्नुपर्ने कार्य, शंकास्पद बिरामी यात्रु पहिचान पत्ता लगाउने, एम्बुलेन्स र रेफरेल सम्बन्धी व्यवस्था, हेल्थ हेस्कमा व्यवस्थापन गर्नुपर्ने सामग्रीका बारेमा मार्गदर्शनमा उल्लेख गरिएको छ । त्यस्तै मार्गदर्शनमा स्वास्थ्य कार्यालय र पालिकाको स्वास्थ्य शाखाको भूमिका, र डस्क संचालन समयको बारेमा पनि उल्लेख गरिएको छ ।
मार्गदर्शन अनुसार हेल्थ डेस्कमा कम्तिमा एक जना सुरक्षाकर्मी सहित २ जना स्वास्थ्यकर्मी प्रत्येक सिफ्टमा रहनु पर्ने उल्लेख छ । त्यस्तै हेल्थ डेस्कमा टेन्ट वा कोठा हुनुपर्ने, इन्फ्रारेड थर्मोमीटर, पिपिई सेट, मास्क, ग्लोभ्स लगायतका सामग्री हुनुपर्ने उल्लेख छ ।
मार्गदर्शन अनुसार हेल्थ डेस्कका कार्यहरु
- शंकास्पद बिरामी यात्री पहिचान गर्ने ।
- शंकास्पद बिरामीको अन्तरवार्ता, कोभिड –१९ सम्बन्धी लक्षण पहिचान, कोभिड – १९ प्रभाबित स्थान र व्यक्तिको सम्पर्कमा आए नआएको सुनिश्चितता गर्ने ।
- शंकास्पद बिरामीहरुको रिपोर्टिङ गर्ने ।
- प्रारम्भिक आईसोलेसन र रेफेरल गर्ने ।
कोभिड –१९ रोगको निगरानी तथा रोकथाम सम्बन्धी हेल्थ डेस्क संचालन मार्गदर्शन