धनगढी-सोमवार धनगढीको डल्लु फुट्सलमा आयोजना भएको पत्रकार विच फुट्सल प्रतियोगितामा टिम त्रिपुरा विजयी भएको छ ।
'स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद' भन्ने मुलनारालाई आत्मसाथ गर्र्दै डल्लु फुट्सलका पत्रकारको समुहले मैत्रिपुर्ण खेल आयोजन गरेका थिए ।
उक्त खेलमा दुई टिम टिम त्रिपुरा र टिम उग्रतारालाई रहेका थिए । टिम त्रिपुराले १२ गोल गरी विजयी र टिम उग्रताराले ५ गोल गरी दोस्रो स्थान भएको छ । टिम त्रिपुराको खेम मिश्रले खेलमा ७ गोल गरी उत्कृष्ट खेलाडी भएका छन ।
यस्तै गोबिन्द रोस्यारा ३ गोल गरेपछि टिम त्रिपुराको अग्रता कायमै रह्यो । टिम त्रिपुराका तर्फबाट सुदिप थापाले थप २ गोल गरे । टिम उग्रताराका तर्फबाट किशोर जोशीले ५ गोल गरेका थिए ।
टिम त्रिपुरामा पत्रकार शिवराज भट्ट (टिम क्याप्टेन), गोविन्द रोस्यारा, खेम मिश्र, सुदिप थापा, डिआर पनेरु, महेश कुवँर र टिम उग्रतारामा दिल बहादुर छत्याल (टिम क्याप्टेन), भानुभक्त आचार्य, पुस्कर पौडेल, किशोर जोशी, टंक कुवर, तेज भट्ट रहेका थिए ।
कारोना भाईरस विश्व व्यापी रुपमा फैलदै गएको अवस्था सामाजिक सञ्जालमा फैलिएको भ्रम वाट नआतिन पत्रकारहरुको सुझव रह्यो । शाररिक स्वस्थ रहन नियमीत व्यायाम गर्नु पर्ने खेलको उद्धेश्य रहेको आयोजक डल्लुज फुट्सल पत्रकार समुहले जानकारी दिए ।