अत्तरिया - आज ११० औँ अन्तराष्ट्रिय नारी दिवस । सुदूरपश्चिम प्रदेश सहित देश विदेशमा बिभिन्न सन्देशमुलक कार्यक्रमहरु गरी मनाईदैछ । समानताको पुस्ता अन्त्य गरौ हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारा तयका साथ दिवस मनाइदै छ ।
महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्व भर मनाइने गरिन्छ । हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा भेला, सभा, सम्मेलन, मेला , महोत्सब , समारोहहरु आदि कार्यक्रम स्थगित गरिएका छन् । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्रा्ष्ट्रिय मा्यता प्रदान गरिएको थियो।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो।
हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन। यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ।