अत्तरिया- कैलालीको अत्तरियामा आजदेखी ३ सय ९० घण्टे निशुल्क केश श्रंगार र बुटिक तालिम सुरु भएको छ । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा राशी मल्टी टे्रनिङ इस्टिच्युट प्रा.ली र महिला संगठन कार्य नेपालले आयोजना गरेको तालिमको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउदले उद्घाटन गर्नुभएको हो ।
राशी मल्टी टे्रनिङ इस्टिच्युट प्रा.लीकी अध्यक्ष शोभा थापा राबलको अध्यक्षतामा भएको कार्यक्रमममा नगरप्रमुख साउद प्रमुख अतिथी रहनुभएको थियो भने उपप्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख साउदले महिलाहरु सधै घरको काममा मात्रै ब्यस्त नभई बिभिन्न खाले शिपमुलक तालिमहरु सिकेर ,आत्मनिर्भर बन्न जरुरी रहेको बताए ।
उनले नगरपालिकाले पनि महिलाहरुका लागि निरन्तर बजेट छुट्याएर बिभिन्न तालिमहरु संञ्चालन गरिरहेकाले तालिमलाई सहभागी भएर मात्रै केहि नहुने बताए । हामीले सधैव नगरपालिकाले छुट्याएको बजेट सहि ठाउमा सदुपयोग होस र महिलाहरु पनि आ आफ्नै गाउघरमा बसेर केहि आय आर्जन गरुन भन्ने चाहान्छौ उनले भने तर यँहा तालिम लिन र पछि त्यसलाई कार्यन्वयन नगर्नाले बेरोजगार बढि रहेको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख रत्ना कडायतले तालिममा सिकेका कुराहरु सहि सदुपयोग गरेर आफ्नो ब्यबहारिक जिवनमा लागु गरे स्थानिय स्तरमै लाखौ आम्दानी गर्न सकिने बताए । उनले तालिममा सहभागीहरुलाई सिकेका कुरा ब्यबहार उत्रार्न आग्रह गरिन् ।
तालिममा गोदावरी नगरपालिकाको वडा नं १,२, ३, ४ र ५ का प्रत्येक ५÷५ जना महिला गरी दुवै तालिममा ५० जनाको सहभागिता रहने आयोजनकले जनाएको छ । कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णराज जोशी , वडा नं १ की वडा सदस्य लाली देवी बि.क , वडा नं २ का सामाजिक परिचालक टिका पाली , महिला संगठन कार्य नेपालका सल्लाहाकार लिला बास्कोटा र प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
महिला संगठन कार्य नेपालका सल्लाहाकार लिला बास्कोटाले स्वागत गर्नुभएको कार्यक्रमको संञ्चालन महिला संगठन कार्य नेपालकी अध्यक्ष भागरथी बिष्टले गर्नुभएको थियो ।