अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी संग जोडिएको ठाउँ हो अत्तरिया । कैलालीको गोदावरी नगरपालिका वडा नं १ र २ मा पर्ने अत्तरिया सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लालाई जोड्ने मुख्य केन्द्र बिन्दु पनि हो ।
पछिल्लो समय अत्तरिया बजारमा थुप्रै नयाँ संरचनाहरु पनि बनिरहेका छन् । यद्धपी त्यहि अत्तरिया बजारको मुख्य चोकको भने निकै दुर्दशा भएको छ । संम्बन्धित निकायको बेवास्थाका कारण अत्तरिया बजारको मुख्य चोकको दुर्शशा हुदा बजारको सुन्दरता नै बिग्रिएको छ । चोक बरपरको सडक फुटेर जताततै खाल्डाखुल्डी परेको छ भने ढल निकासको सुबिधा नहुदा छिनभरिको पानी आउदा पनि डुवान हुने गरेको छ ।
शुक्रवार मात्रै परेको पानीका कारण अत्तरिया चोक जलमग्न बनेको छ । छिनभरको पानीले जलमग्न हुने चोकमा शुक्रवारको बर्षाले ताल भएपछि बजारलाई प्रभावित पारेको छ । जसले गर्दा बजार क्षेत्रमा हिडडुल गर्ने सर्वसाधारण देखी सवारी साधनहरुलाई समस्या हुने गरेको छ ।
सवारी साधनहरु बिच तालवाट आवतजावत गर्ने गरेको भएपनि सर्वसाधारण स्थानिय र यात्रुहरुलाई भने निकै समस्या भैरहेको स्थानियहरु बताउँदछन् । अत्तरिया चोकको पूर्वपर्टी प्रहरी चौकी नजिकै हरेक दिन पानी जम्ने र फोहोर रहने हुदाँ निकै दुर्गन्धित समेत फैलिने गरेको छ ।
यो पानी परेको बेला मात्रै नभएर अघिपछिको पनि समस्या हो । तर यस तर्फ न त नगरपालिकाले ध्यान दिन्छ न त सडक बिभागले । अत्तरिया चोक वरपरको सडक फुटेर खाल्डाखुल्डी हुदा दुर्घटनाको जोखिम समेत बढेको छ । धनगढी रोड तर्फ ६ लेन सडक निर्माण भैरहेको भएपनि पूर्व तर्फ भने केहि दिन पहिले सडक मर्मत गरिएको थियो तर पनि चोकको सडको अबस्था भने दर्दनाक रहेको छ ।
केहि दिन पहिले गोदावरी एफ एम संगको कुराकानीमा गोदावरी नगरपालिकाक प्रबक्ता शर्मानन्द भट्टले अत्तरिया चोकको पानी जम्ने समस्याको समाधानका लागि काम भैरहेको बताएका थिए । उनले अहिले ६ लेन सडक निर्माण भैरहेको हुदा ६ लेन सडक आयोजनका प्रमुख र इन्जिनियरसंग बसेर पनि छलफल गरिएको बताए ।
उनले बाहिरको नाली बन्नुभन्दा पहिले यसका लागि नालि बनाएर समस्याको समाधान गरिने बताएका छन् । हिउदको समयमा डुबान भैरहेको बजार क्षेत्र बर्खायाममा झनै समस्या निम्त्याउने हुदा तर्फ चाडो भन्दा चाडो ढल निकासको ब्यबस्था गरि अत्तरिया चोकलाई सुन्दर र सफा बनाउन तर्फ नगरपालिका बिशेष ध्यान दिन जरुरी देखिन्छ ।