डोटी -सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये हालसम्म सातवटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भइसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले यसै वर्ष डोटी र डडेल्धुरामा बिमा कार्यक्रमलाई विस्तार गर्ने लक्ष्य लिएको हो । बुधबार डोटीमा सूरुभएको छ भने भोली देखी डडेलधुरामा सुरुहुने आयोगले जनाएको छ ।
राष्ट्रिय बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सुदूरपश्चिम प्रदेश बिमित प्रदेश बन्न लागेको बताए। बुधबार जिल्ला सदमुकाम सिलगढीमा आयोजीत स्वास्य बिमा कार्यक्रमको सदस्यता दर्ता सुभारम्भ कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
देशको सबै भन्दा पहिला सुरु भएको सुदुरपश्चिमको कैलालीमा पाँच सय दुई घरधुरी कार्यक्रममा समावेश भएका थिए । आज दीपायल सिलगढी नगरपालीका वडा नं ५ का ७१ बर्षिय रुकमणी मलासी र रत्न बहादुर मलासी को बिमा गरी उक्त कार्यक्रमको डोटीमा उदघाटन गरेको हो ।
स्वास्थय बिमा कार्यक्रम जनताको कार्यक्रम भएकाले जिम्मेवार भएर काम गर्नु पर्ने - स्वास्थय तथा जनसंख्या राज्यमन्त्री नबराज रावत !
स्वास्थय तथा जनसंख्या राज्यमन्त्री नबराज रावतले स्वास्थ्यमा पहुंच नपुगेका लागी यो कार्यक्रम भएकाले यसमा सरोकारवाला ले जिम्मेवार भएर काम गर्नु पर्ने बताउनु भएको छ । आर्थिक अबस्था बलीयो भएकाले कम्जोर अबस्था भएकालाइ सहयोग गर्ने हरेक गरीब, विपन्न ब्यक्तीलाई स्वास्थय सेवाको पहुँचमा ल्याउन लागू भएको कार्यक्रमलाई सरकारले महत्वका साथ लिएको मन्त्री रावतको भनाई छ।
उनले नविकरण सेवाप्रदायक संस्थाको सेवासँग जोडिएको बताउँदै कतै सेवा प्रदायक संस्थाले राम्रो सेवा प्रदान नगरेको वा बिमाप्रतिको गलत प्रचार भएको त होइन भन्ने आशंका गरे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधीकारी टेक नारायण पौडेलले डोटी भौगोलीक बिकट भएकाले सबै नागरीक यो सेवा लिन सक्ने कि नसक्ने भन्ने बिषयमा पनी आयोगले ध्यान दिनु पर्ने बताए । उनले भने - ‘स्वास्थ्य बिमा कार्यक्रम राम्रो हो,यसमा भएका कमी कमजोरी, समस्या तथा चुनौतिलाई पहिचान गर्दै सुधार गरेर अघि बढ्नुपर्छ।’
राष्ट्रिय बिमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थय तथा जन्संख्या राज्यमन्त्री नबराज रावतको प्रमुख आतीथ्यमा स्वास्थ्य निर्देशनालय दिपालयका निर्देशक गुणराज अवस्थी,प्रमुख जिल्ला अधीकारी टेक नारायण पोडेल जिल्ला स्थिीत सरकारी कार्यलयका प्रमुख, दर्ता सहयोगी, बिमित, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।