चौमाला - संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ क्षेत्रमा बढि भ्रष्टाचार र अनियमितता भैरहेको बताएका छन् । मंगलबार गौरिगंगा नगरपालिकाको आयोजनामा ५ दिन सम्म संचालन हुने स्वास्थ्य महोत्सवको उद्घघाटन गर्दै मन्त्री ढकालले केन्द्र सरकार , प्रदेश र स्थानीय सरकारले खरिद गर्ने औषधीको मुल्यमा ठुलो अन्तर र अनियमितता भैरहेको उल्लेख गर्दै सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नल्याई निजी अस्पताललाई प्रोत्साहन गर्ने सम्मका खेल हुने गरेको बताएका हुन् ।
सरकारले निशुल्क उपलब्ध गराउने औषधीको सट्टा निजी फार्मेसीमा पाउने औषधीको सिफारिस गर्ने जस्तो विकृति विसंगति रहेको आफ्नो मन्त्रालय जानकार रहेकाले तीन महिनामा यसको निराकरण गरि जनताले महशुस गर्ने कार्यको तयारी गरिएको मन्त्री ढकालले बताए । स्वास्थ्यमा रहेका विकृतिको अन्तय गर्ने दिशामा सरकारले काम गर्ने बताउदै ढकालले गाउँ टोल बस्ती सम्म मुख्य खासखास रोगका औषधी जनताले पाउने व्यवस्था मिलाउने तयारिमा रहेको समेत बताए ।
सुविधाको खोजी हिड्ने मानवीय स्वभावले सर्ने भन्दा नसर्ने रोगको धेरै लाग्ने हुदा परम्परागत खानपान स्वस्थयकर रहेको उल्लेख्य गर्दै मन्त्री ढकालले गौरीगंगा नगरपालिका देशमै पहिलो पटक जनताको स्वास्थ्य प्रति सजग बन्दै नयाँ सोच शैलीको स्वास्थ्य महोत्सव लगाएर उदाहरणीय काम गरेको बताए ।
महोत्सव उद्घघाटनको अबसरमा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई हुईलचिय प्रदान गरिएको थियो । स्वास्थ्य महोत्सवमा स्वास्थ्य महोत्सव मा विभिन्न विशेषज्ञ डाक्टर हरु द्वारा स्वास्थ्य परिक्षण गरिने छ ।
आँखा , नाक, कान, घाँटी ,महिलाहरुको पाठेघरको क्यान्सर जाच , एचआईभी र हेपाटाइटिस बि को परिक्षण ,औलो जाँच,सिकलसेल एनिमिया , महिलाहरुमा आङ खस्ने समस्याको जाच ,मानसिक स्वास्थ्य परिक्षणको साथमा दुव्यसन मुक्त स्वास्थ्य मुलक आध्यात्मिक प्रदशनी , रक्तदान कार्यक्रम ,योग शिबिर,पोषण सम्बन्धि उपभोक्ता शिक्षा जानकारी लगायत स्वास्थ्य सम्बन्धि विभिन्न सास्कृतिक , नृत्य , नाटक लगाएको हरेक दिन प्रस्तुति रहने छ ।
सेवा ग्राहिको लागि आवातजावत गर्न बिहान ११ बजेबाट दिउसो ३ बजे सम्म निशुल्क यातायातको व्यवस्था मिलाईएको छ । बिहान ६ बजेबाट योग शिविर र ८ बजे देखि योगि डाक्टर विकाशान्नद को प्रवचन हुनेछ छ । नगर प्रमुख भिम बहादुर देउवाको सभापतित्वमा भएको महोत्सव उद्घघाटन कार्यक्रम सुदुर पश्चिम प्रदेश सभा रतन थापाले शुभकामना मन्तव्य राखेका थिए ।