अत्तरिया - सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको अत्तरिया बजारमा नियमित अनुगमन नहुदाँ समस्या हुने गरेको गुनासो बढेको छ । प्रदेशको नौ वटै जिल्लालाई जोड्ने मुख्य बजारका रुपमा समेत रहेको अत्तरिया बजार क्षेत्रमा चार्डपर्वका बेला केहि दिन औपचारिकता निभाउन मात्र गरिने अनुगमनले समस्या हुने गरेको उपभोक्ता एबम् ब्यवसायिहरु बताउँदछन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयले बजारमा अनुगमन गर्दै आएको भएपनि पछिल्लो कानुन अनुसार स्थानीय तहलाई नै बजार अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । यद्धपी स्थानीय तहका जनप्रतिनिधिहरूले यस तर्फ चासो नदिदा अनुगमन गर्ने काम सुस्ताएको हो । जसका कारण स्थानिय उपभोक्ताहरुले म्याद गुजे्रका , कम गुणस्तरका , खानका लागि अयोग्य लगाएत जस्तोसुकै भएपनि सामाग्रीहरु खरिद गर्नुपर्ने बाध्यता रहेको छ । स्थानिय उपभोक्ता राम प्रशाद जोशीले बजार अनुगमन नियमित नहुदा सर्वसाधारणको स्वास्थ्य माथि गम्भिर असर परिरहेको बताए ।
केहि केहि बाहेक सबै जसो सर्वसाधारणहरु कुनै पनि सामान खरिद गर्दा उपभोग्य सामग्रीको गुणस्तर बारे वास्था गदैनन् उनले भने जसले गर्दा उक्त सामान कस्तो हो भन्ने बारे जानकारी हुदैन पछि गएर समस्या हुन्छ । उनले ब्यापारी र उपभोक्ता दुवैको हितका लागि अनुगमनको पाटोलाई नियमित गर्न तर्फ जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताए ।
अत्तरियाका होटल ब्यबसायी प्रमोद अधिकारीले बजार अनुगमनलाई निरन्तता दिइनुपर्ने बताए । उनले सफा , सुन्दर र एउटा सम्भ बजारका रुपमा अत्तरिया बजारलाई चिनाउनका लागि चार्ड पर्वलाई मात्र नकुरी समय समयमा अनुगमन हुन अति आवश्यक रहेको बताए । अत्तरिया जेसिज बर्ष २०२० का अध्यक्ष समेत रहेका अधिकारीले यसरी नियमित अनुगमनले ब्यापारीहरु आफै सचेत हुने र उपभोक्ताहरुले पनि स्वास्थ खाने कुराहरु खान पाउने बताए ।
अहिले अत्तरिया बजारका अधिकंश होटल तथा रेस्टुरेन्टले पसल अगाडी खुल्ला रुपमा खानेकुराहरु पकाउदै ग्रहाकहरुलाई देखाउनकै लागि खुल्ला रुपमा राख्ने गरेका छन् । यति मात्रै होइन साँझ बिहानको समयमा अत्तरिया बजारको सडकका छेउछाउमा स साना ठेलाहरु लगाउदै खुल्ला रुपमा नास्ता बेच्नेहरुको चटारो लाग्ने गर्दछ ।
यसले गर्दा बजारमा उड्ने धुवा धुलो र फोहोरजन्य बस्तु खानेकुरामा गई त्यसले उपभोक्ताको स्वास्थ्यमा गम्भिर असर पार्ने देखिन्छ । गोदावरी होटल ब्यबसायी संघका सचिब लोकेश खड्काले चार्डपर्वका एक दुई दिन आएर ब्यवसायीलाई तर्साउनुभन्दा अनुगमनलाई नियमित गर्न सके ब्यबसायी आफै सचेत बन्दै जाने बताए । उनले हप्ता दिनमा नसकेपनि कम्तिमा पनि महिनामा एक दुई दिन नियमित रुपमा अनुगमन गर्न सके ब्यवसायी र उपभोक्ताहरु दुवैलाई फाइदा पुग्ने बताए ।
उनले प्रदेशको राजधानी तोकिएको बजार क्षेत्रलाई सुन्दर , सफा र ब्यबस्थित बनाउनु सबैको दायित्व रहेकाले यस तर्फ होटल ब्यवसाय संघ पनि सहयोग गर्न तयार रहेका बताए । 'सबैभन्दा पहिला त यो सडकमा खुल्ला रुपमा बिक्रि बितरण हुदै आएका खाध्य बस्तु माथि निगरानी बढाउनुपर्छ' उनले भने - 'त्यसपछि यो होटलहरुमा धुलोधुवा मुक्त किचन बनाउन जरुरी देखिन्छ ।'
उता गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले नगपालिकाले बजार क्षेत्रमा नियमित अनुगमन गर्ने योजना बनाएको भएपनि बिबिध कारणले साचे अनुसारको काम गर्न नसकेको बताए । उनले अनुगमनका क्रममा खाध्यका कर्मचारीहरु नहुदा समस्या हुने गरेको बताए ।
'हामीले नियमित अनुगमन गर्ने भनेर खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसंग छलफल पनि गञ्यौ , एक दुई चोटी अनुगमन पनि गञ्यौ' उनले भने - 'तर पछि नियमित गर्नका लागि खाध्यका कर्मचारीहरुको समय मिल्न लागेन ।' खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्राबिधिकहरुले सबै ठाउँको अनुगमन गर्नुपर्ने भन्दै उपश्तिथ नहुदा समस्या भएको प्रबक्ता भट्टको भनाई छ ।
उनले फेरि पनि खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयसंग समन्ब्य गरी महिनाको एक चोटि भएपनि अनुगमनलाई निरन्तरता दिइने बताए ।