धनगढी - धनगढी उपमहानगरपालिकाले आयोजना गरेको विकास सम्मेलन आईतबार धनगढीमा सम्पन्न भएको छ । विकास सम्मेलनले धनगढी उप–महानगरपालिकाले प्राथमिकिकरण गरिएका बिषयहरुमा कार्यपत्र प्रस्तुत गरिएका थिए ।
प्यानल छलफल र सहभागिहरुको सुझाव लिएर कार्यपत्रहरुलाई पूर्णता दिईएको थियो । सम्मेलनबाट आएका सुझाव र कार्यपत्रलाई आधार बनाएर बिश्लेषण सहितको प्रतिवेदनतयार गर्ने र सोही कुरालाइृ समेटेर प्रोजेक्ट बैंक तयार गर्न सम्मेलनले सुझाव दिएको छ ।
सम्मेलनमा भूषण बिष्टले सूचनाप्रविधीका माध्यमबाट नागरिकलाई दिने सोवालाई कसरी सुदृढीकरणगर्न सकिन्छ भन्ने बिषयमाकार्यक्रम प्रस्तुत गरेकाथिए । बिनोद उपाध्यायले धनगढीको शुसासनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी नारायण खनालले धनगढीलाई दिगो र बस्न योग्य कसरी बनाउन सकिन्छ भन्ने बिषयमाकार्यपत्र प्रस्तुत गरेकाथिए । त्यसैगरी डाक्टर ढुण्डीराज पाठकले फोहर ब्यबस्थापन सम्वन्धी, डाक्टर राजेन्द्रबिर चन्दले र डाक्टर नारायण प्रसादपासकोटाले स्थानीयतहको आर्थिक अवस्थाकाबारेमाकार्यपत्र प्रस्तुत गरेकाथिए ।
धनगढी विकास सम्मेलन धनगढीको विकासकालागिकोषेढुंगा हुने राष्ट्रिय योजनाआयोगका सदस्य सुशीलभट्टले बताए । स्थानीयतहले गरेको यो पहिलो प्रयास हो उनले भने, यसले धनगढी उप–महानगरपालिकालाई मार्ग दर्शन गर्ने छ । धनगढी उप–महानगरपालिकाकाप्रमुखनृपबहादुर वडलेसम्मेलनले दिएको म्यान्डेटका आधारमाप्रोजेक्ट बैंक बनाउने बताए ।
यसलाई कार्यपालिकामार्फत नगरसभामालगिने छ नगरप्रमुख वडले भने, आवश्यक परेमाकानुन समेत बनाएर अगाडी बढीने छ । यसैलाई टेकेर नगरले छोटो तथालामो समयका योजनाबनाउने नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाकाउप–प्रमुख सुशीलामिश्रभट्टले धनगढीका लागिविकास सम्मेलनपहिलो अभ्यास भएको बताईन । उनले भनिन् , यस सम्मेलनले हामीलाई दिशानिर्देश गरेको छ त्यसैका आधारमा अगाडी बढ्ने छौं ।
सुदूरपश्चिम विश्वविद्यालयका पूर्व राजिष्टार डाक्टर हेमराज पन्तले धनगढीले गरेको विकास सम्मेलन ऐतिहासिकभएको बताए । उनले भने ,यसले धनगढी उप–महानगरपालिकालाई कसरी अगाडी बढ्ने भनेर निर्देशीत गरेको छ । कार्यक्रममा सामाजिक, आर्थिक, वातावरण, उद्योग, पर्यटनका साथै राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाकाप्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।