डोटी – नव बिहानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेड सलेनाको ९ औं बार्षिक साधारण सभा सुरु भएका छ । शनिबार सहकारीको भव्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बार्षिक साधारण सभाको मैनबक्ति प्रज्वलन तथा ब्यानर बाचन गरेर उद्घाटन गरे । सहकारीका अध्यक्ष अर्जुन बलायरको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा प्रमुख जिल्ला अधिकारी पौडेल, शसस्त्र प्रहरी ३६ नं. का प्रहरी उपरिक्षक जहर सिंह बुढामगर, केआईसिंह गाउ“पालिका वडा नं. ६ का वडाध्यक्ष हर्क बिष्ट, ७ का वडाध्यक्ष दिप सिं बलायर पत्रकार लगायतको उपस्थित रहेको थियो । आइतबार सहकारीको बन्द शत्र हुनुका साथै नया“ कार्यसमिति चयन गर्ने बताइएको छ ।
उद्घाटन शत्रमा देउडा सम्राट भुवन दाहाल, सुदामा जोशी, मीना रामजाली लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो भने भुवनेश्वर माध्यामिक बिद्यालय, कलारे आधारभुत बिद्यालय , देवस्थल माबि लगायतका बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।
०६७ सालमा स्थानिय २९ जना युवाहरुको सकृयतामा स्थापना गरिएको नव बिहानी सहकारीले छोटो समयअवधीमै ६ सय भन्दा बढी सदस्य आवद्ध गरिसकेको अध्यक्ष अर्जुन बलायरले जानकारी दिए ।
अध्यक्ष बलायरले सहकारीलाई चाडै नै बित्तिय संस्थाका रुपमा स्थापना गर्न आफुहरु लागि परेको बताएका थिए । एक लाख ४५ हजार पु“जीबाट सुरु गरिएको सहकारीसंग अहिले एक करोड ७ लाख बराबरको कारोवार गरिरहेको ब्यवस्थापक लोक बहादुर बलायरले बताए । सहकारी स्थापना पछि क्रृण प्रवाह लगायत आयआर्जनका क्षेत्रमा लगानी गर्न सहज हुनुका साथै गाउमै रेमिट्यान्सका लागि ट्रान्सफर सेवाले सुबिधा दिएको भन्दै स्थानियले खुसी ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी प्रजिअ पौडेलले पु“जी र सदस्य संख्या बढाउदै लैजान सहकारीका पदाधिकारीलाई शुभकामना ब्यक्त गरे । सहकारीले बिपन्न परिवारलाई राहत दिने भन्दै यसबाट बिभिन्न आयआर्जनका कृयाकलाप बढाउन उनले सुझाव दिएका थिए ।