अत्तरिया - कैलालीका १३ ओटै स्थानिय तहमा संचालनमा रहेको अनमोल फुड बैंक भजनीमा पनि स्थापना गरिएको छ । अनमोल फाउन्डेसन नेपालले संचालन गरेको फुड बैंक भजनी शाखाको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।
फुड बैंक भजनी शाखाकी संयोजक सुन्दरी डगौराको सभापतित्वमा भएको उद्धघाटन कार्यक्रममा भजनी नगरपालिकाकी उप प्रमुख छाया देवकोटा प्रमुख अतिथी रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथीमा संस्थाका संस्थापक ओमजङ सिंह रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उपप्रमुख देवकोटाले निस्वार्थ सामाजिक भावना अनुसार कोही पनि भोको नरहुन भन्ने उध्ेश्यका साथ फुड बैकको स्थापना गर्नु आफैमा महत्वपुर्ण कार्य भएको बताइन् । उनले पछिल्लो समय थुप्रै युवा पिडिहरु बिभिन्न खाले कुलतहरुमा फसेर आफ्नो समय बर्बाद गरिरहेका बेला यस्तो सामाजिक कार्यमा सहभागि भएर समाजलाई सहि दिशामा लैजान सहयोग गर्न आग्रह गरिन् ।
उनले फुड बैकं संग खाध्य सुरक्षा , खाध्य अधिकार र खाध्य सुनश्चितताको कुराहरु पनि जोडिने भएकाले यसमा आफ्नो र नगरपालिकाको तर्फवाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरिन् । समाजका हरेक सामाजिक कार्यहरुमा प्रत्यक्ष सरोकार राख्ने फुड बैंकले खाध्यान्नको अनआवश्यक प्रयोग , खेर फाल्ने मात्रालाई न्यूनिकरण गर्नु र किसानहरुलाई उत्पादनमा बढि भन्दा बढि जोड दिनका लागि फुड बैकको स्थापना गरिएको अनमोल फाउन्डेसन नेपालले जनाएको छ ।
सबैले आ आफ्नो लागि सोच्ने गरेपनि बेसाहारा , अनाथ , असहाय र दुख र पिडामा परेकाहरुलाई पनि खान र बाच्न पाउनुपर्छ भन्ने उध्ेश्यले बिभिन्न सहयोगी मनहरुवाट एक एक मुठि अन्न संकलन गर्दै ति यस्ता ब्यक्तिहरुलाई सहयोग गरिने फाउन्डेसनले जनाएको छ । कार्यक्रममा अनमोल फाउन्डेसन नेपालका सचिब ललित देउवा , सदस्य भक्तराज देवकोटा लगाएतको सहभागिता रहेको थियो ।
उद्घाटन कार्यक्रमको संचालन फाउन्डेसनकी सदस्य कुशुम धामीले गरेकी थिइन् । साथै आज पहिलो दिनमा थुप्रै सहयोगीहरुले नगद सहित बिभिन्न खाले अन्नहरु पनि सहयोग गरेका थिए ।