अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको गोदावरी आधुनिक कृषि सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संचालक समितिका अध्यक्ष नैन सिंह कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगपालिका वडा नं १ का वडा अध्यक्ष एबम् नगरप्रवक्ता शर्मानन्द भट्ट प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा संस्थाका सल्लाहाकार प्रकाश जोशी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नं १ का अध्यक्ष भट्टले गोदावरी आधुनिक कृषि सहकारी संस्थाले एक बर्षको अबधिमा राम्रो प्रगति गर्न सफल भएको भन्दै प्रशंसा गरे । उनले कृषि सहकारी नाम दिइएकाले नाम अनुसार कृषिलाई जोड दिएर काम गर्न सुझाब दिए ।
आधुनिक कृषि सहकारी भनिएको छ एक दमै राम्रो छ तर हामीले खाली बचत गर्ने , रिण दिने काम मात्रै भन्दा पनि अब कृषिलाई पहिलो प्रथमिकता दिदै कृषिमा केहि गर्न चाहानेहरुलाई सहज रुपमा सहयोग गर्नुहोस उनले भने त्यस्ता शेयर सदस्यहरु जसले म कृषि पेशालाई अपनाएर ब्यवसायीक रुपमा अगाडी बढ्छु भन्दछन् उहाँहरुलाई पहिलो प्रथमिकतामा राख्नुहोस ।
अहिले धेरै जसो सहकारीहरु खुल्ने र बन्द हुने क्रम चलिरहेका बेला ब्यवस्थापनको पाटोलाई बलियो बनाउदै अगाढी बढ्नुपर्ने उनको भनाई रहेको छ । उनले स्थापना भएको एक बर्षमा सफल रुपमा अगाडी बढेकोमा सो सहकारीलाई यस क्षेत्रको नमुना सहकारी बनाउनका लागि शेयर सदस्यहरुको भूमिका महत्वपुर्ण रहने बताए ।
कार्यक्रममा बोल्दै सहकारी संस्थाका अध्यक्ष नैन सिंह काकीले सहकारीले पहिलो प्रथमिकता कृषिलाई नै दिएको बताए । स्थानिय स्तरमा रहेका न्यून आयस्तर भएका वर्गलाई सहकारीमा समेटेर कृषिमा लगानी लगाउदै उनीहरुको जिवनस्तर सुधार गर्नु नै आफुहरुको उध्ेश्य रहेको उनको भनाई छ । प्रतिब्यक्ति २५ हजारका दरले ३७ जनावाट रकम संकलन गरि सुरु भएको सुरु भएको सहकारीले एक बर्षको अबधिमा २ करोड बराबरको कारोबार गर्न सफल भएको छ ।
गोदावरी नगरपालिका वडा १ , २ , ३ र ४ कार्य क्षेत्र रहेको सहकारीमा हाल २०० जना शेयर सदस्यहरु रहेका छन् भने ८०० जनाले दैनिक र मासिक रुपमा बचत गर्ने गरेका छन् । कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता , उत्कृष्ट बाल बचतकर्ता र संस्थालाई संचालन गर्नमा सहयोग गर्ने संस्थाका कर्मचारी र सल्लाहाकारलाई सम्मान पत्रले सम्मानित गरिएको थियो । सल्लाहाकार प्रकाश जोशीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिब धर्म कुबरले गरेका थिए ।