धनगढी – चार दिने सुदुरपश्चिम प्रदेशको भ्रमण सकेर धनगढी विमानस्थल प्रयोग गर्दै राष्ट्रपति काठमाण्डौं फर्किएकी छिन्। उनी नियमित बिमान मार्फत काठमाण्डौं फर्किएकी हुन । राष्ट्रपतिको सुरक्षाको कारण देखाउँदै सुरक्षकर्मीले शनिबार बिहानै देखि बिमानस्थलमा कडिकडाउ गरेका थिए । बिशिष्ट कक्षमा पनि कसैलाई प्रवेश गर्न दिईएको थिएन ।
तर राष्ट्रपतिले नै चढ्ने प्लेनमा काठमाण्डौंबाट नेकपाका सुदूरपश्चिम ईचार्ज भिम रावल धनगढी एयरपोर्टमा ओर्लिए । सधै झै उनी बिशिष्ट कक्षतर्फ जान खोजे । तर उनीलाई सुरक्षाकर्मिले बिशिष्ट कक्षतिर जान दिएनन् । अनी उनी सर्वसाधारणले प्रयोग गर्ने मार्ग प्रयोग गर्दै एयरपोर्टबाट बाहिरिए । नेता रावल सोमबार हुने सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रता प्रशिक्षण कार्यक्रमको तयारीका लागि धनगढी आएका हुन् ।
त्यसपछि शुरु भयो पत्रकार सम्मेलन ..
नेकपा सुदुरपश्चिमका इन्चार्ज भिम रावलले आफूलाई धनगढी बिमानस्थलको बिशिष्ट कक्ष प्रयोग गर्न नदिएको बताएका छन् । पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहिसकेका रावलले शनिबार धनगढी विमानस्थलमा बिशिष्ट कक्ष प्रयोग गर्न नपाएको बताएका हुन ।
सामान्य कक्षबाट बाहिरीएका रावलले नेकपाको प्रदेश कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उनले यस अघि आउँदा जादाँ बिशिष्ट कक्ष प्रयोग गर्न दिईने गरेको भएपनि यस पटक आउँदा भिआईपी कक्ष प्रयोग गर्न नदिएकोले आफूले अपमानित भएको महशुस गरेको बताए ।
‘म विमानस्थलबाट आउँदा जाँदा बिमानस्थलको बिशिष्ट कक्षको प्रयोग गर्ने गरेको छु ,मैले आफूले पाएको अधिकार बमोजिम बिशिष्ट कक्षको प्रयोग गर्दै आएको थिए ।’ नेता रावलले भने – ‘आज भने मलाई अचम्म लाग्यो, म पुर्व निर्धारीत कार्यक्रम अनुसार नै धनगढी आउँदै थिए । म बिमानस्थलमा पुगेपछि बिशिष्ट कक्षको ढोकामा पुगको थिए तर मलाई त्यहाँका सुरक्षाकर्मीले राके त्यसपछि म सामान्य कक्ष प्रयोग गरी आए ।’ उनले राष्ट्रपति आजै फिर्ता जान कुरा आफूलाई जानकारी नै नभएको बताए ।
उनले आफूपनि यस क्षेत्रको जिम्मेबार जनप्रतिनिधि हुनुको नाताले आफूलाई पनि यस्तो परिस्थितिको जानकारी हुनुपर्ने जिकिर गरे । ‘बिशिष्ट कक्षमा को को थिए वा कसलाई अनुमति थियो यो कुरा तपाईहरु खोज्नुहोला ।’ नेता रावलले प्रतिप्रश्न गर्दै भने – ‘बाटोमा आफ्नो गाडी छेउ लगाएर राष्ट्रपतिको सवारी हेरे, त्यसमा ३०÷४० ओटा गाडी थिए । त्यसमा ४ ओटा झण्डावाला गाडी थिए, अरु सामान्य व्यक्ति वा पार्टीका तल्लो कमिटिका नेता चाँही बिशिष्ट कक्ष जान हुने मलाई चाँही किन रोकिएको होला ।’